PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

ब्रिगेड ब्वाइज र सरस्वती बराबरीमा रोकिए



पहिलोपोस्ट

ब्रिगेड ब्वाइज र सरस्वती बराबरीमा रोकिए

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सरस्वती युथ क्लब गोलरहित बराबरीमा रोकिएका छन्। आज अंक बाँडेसँगै अंकतालिकाको पुछारमा रहेको सरस्वती क्लबले पहिलो अंक जोडेको हो।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइज केही हावी देखिए पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा रोकिन पुग्यो।

ब्रिगेड ब्वाइज ६ खेलमा २ जित ३ हार र १ बराबरी खेल्दै ७ अंक जोड्दै तालिकाको ८ औं स्थानमा रहेको छ। अर्कोतर्फ लगातार ५ खेलमा पराजित सरस्वती क्लबले खेल सुधार्दै बराबरी खेलेर पहिलो अंक जोडेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell