
काठमाडौं : यौन दुर्व्यवहारको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा विशेषज्ञसँग बुझ्न आदेश दिइएको छ। आइतवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटनाबारे सम्बन्धि विज्ञहरुसँग बुझ्न निर्देशन दिएको हो।
पीडित महिलाले बलात्कारको प्रयास र कुटपिट गरेको जानकारी दिएपछि प्रहरीले महिलाको स्वास्थ्य परीक्षणसमेत गराएको थियो। त्यस्तै सम्वन्धित घटनामा कागज गर्नेहरुलाई बकपत्रको लागि बोलाइएको अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
जिल्ला अदालत काठमाडौंले थुनामा राख्न दिएको आदेश गत पुस ३ गते उच्च अदालत पाटनले सदर गरेको थियो। जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध महरा उच्च अदालत पाटनमा महराले निवेदन दिएका थिए।
महरामाथि गत असोज १२ गते संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा अदालतले कात्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो। महरा अहिले डिल्लीबजार कारागारमा छन्।
पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गत असोज १९ गते अदालतको अनुमतिमा प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।