PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई



पहिलोपोस्ट

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई

स्पेनिस सुपर कप कपको उपाधि रियल मड्रिडले जितेको छ। साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा भएको गएरातिको खेलमा एथ्लेटिको मड्रिडलाई हराउँदै रियलले उपाधि हात पारेको हो।

रोमान्चक खेलमा निर्धारित समयमा समयमा गोल हुन सकेन। त्यसपछि थप गरिएको समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टी सुटआउटबाट ४-१ को जित निकाल्दै रियल मड्रिडले स्पेनिस सुपरकपको उपाधि हात पारेको हो। खेलको अतिरिक्त समयमा फेडेरिको भालभर्डेले मोराटालाई फउल गरेपछि रातो कार्ड खाँदै बाहिरिँदा रियल १० खेलाडीमा सीमित भएको थियो।

पेनाल्टी सुटआउटमा एथ्लेटिकोका केइरन ट्रिपिरले गोल गर्दा सउल निग्युज र थोमस पार्टे चुकेका थिए। अर्कोतर्फ रियलका डानी कार्भाजल, रोड्रिगो, लुका मोड्रिच र सर्जियो रामोसले पेनाल्टी गोल गरेका थिए।

एथ्लेटिको मड्रिड बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने रियल मड्रिड भ्यालेन्सियालाई हराउँदै फाइनल प्रवेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell