PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

शहीद स्मारक लिगमा आज दुई खेल : पहिलो खेलमा एनआरटी र नेपाल पुलिस भिड्दै



पहिलोपोस्ट

शहीद स्मारक लिगमा आज दुई खेल : पहिलो खेलमा एनआरटी र नेपाल पुलिस भिड्दै
तस्बिर: एन्फा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा न्यु रोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब भिड्दै छन्। अघिल्लो खेलमा च्यासलसँग पराजित भएको नेपाल पुलिस क्लब आज जित निकाल्दै चौँथो स्थानमा उक्लने दाउमा हुनेछ। पुलिसले जारी सिजनमा ५ खेलमध्ये २ मा जित १ हार र २ बराबरी खेल्दै ८ अंक जोडेर छैटौं स्थानमा छ।

अर्कोतर्फ अघिल्लो सिजन अंकतालिकाको पुछारमा रहेकाले यो सिजन २ अंक गुमाएको एनआरटी ५ खेलमा २ जित २ हार र १ बराबरी खेल्दै ५ अंक जोडेर ९ औं स्थानमा छ। आजको खेलमा जित निकाल्दै छैटौं स्थानमा उक्लने दाउमा एनआरटी रहने छ।

दोस्रो खेलमा च्यासल र एपिएफ

आजै हुने दोस्रो खेलमा च्यासल युथ क्लबले विभागिय टोली एपिएफको सामना गर्नेछ। जारी लिगमा सबै भन्दा धेरै गोल गर्ने सन्तोष साहुखल रहेको टिमले औषत प्रदर्शन गरिरहेको छ। शहिदस्मारक लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बनेको साहुखल जारी लिगमा पनि ५ गोल गर्दै सर्वाधिक स्कोर गर्ने खेलाडीको शीर्षस्थानमा छन्।

च्यासलले जारी लिगमा ५ खेल खेल्दै १ जित २ हार र २ बराबरी खेल्दै ५ अंक जोडेर तालिकाको दशौं स्थानमा छ। आजको खेल जितेको खण्डमा च्यासल छैटौं स्थानमा पुग्ने सम्भवना रहन्छ।

यता १३ औं स्थानमा रहेको एपिएफको दाउ रेलिगेसन जोनबाट माथि उत्रने रहने छ। १ जित ३ हार र १ बराबरी खेलेको एपिएफको ४ अंक रहेको छ। आजको खेल जितेको खण्डमा एपिएफ ७ औं स्थानसम्म उक्लने सम्भावना रहन्छ।

दोस्रो खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell