PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

‘लाइसेन्स’ बनाइदिन्छु भन्दै रकम लिने एक जना पक्राउ



रासस

‘लाइसेन्स’ बनाइदिन्छु भन्दै रकम लिने एक जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले रकम लिएर सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने एक जनालाई पक्राउ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कुल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतवार एकान्तकुनाबाट पक्राउ गरेको हो।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले पाँच हजार लिएर रुपैयाँ ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका बस्नेतले धनुषाका २६ वर्षीय अमित शाहसँग चालक अनुमतिपत्र बनाइदिने भन्दै रकम लिएका थिए।

पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell