PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दिलीपको परिवारलाई पाँच लाख राहत दिने प्रदेश सरकारको निर्णय



रासस

दिलीपको परिवारलाई पाँच लाख राहत दिने प्रदेश सरकारको निर्णय

धनुषा : प्रदेश नम्बर २ सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका-५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ। नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानमा क्रियाशील हुँदा शुक्रवार दिलीपको हत्या भएको थियो।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमवार बिहानको मन्त्रिपरिषद्को बैठकले मृतकको परिवारलाई सो रकम दिने निर्णय गरेको बताए। प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले महतोको हत्यामा संलग्न अभियुक्तमाथि कडा कारबाही गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए।

मुख्य न्यायाधिवक्ता झाले भने, ‘अभियोजनकर्ताले कर्तव्य ज्यानमा मुद्दा चलाई सर्वस्वसहित जन्मकैदको मागदावी गर्ने वातावरण बनेको छ।’

उनले चुरेको दोहन नियन्त्रण हुने गरी प्रदेश वातावरण कानुनको मस्यौदासमेत तयार भएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell