PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फिल्म ‘कमाण्डर’को प्रदर्शन मिति तय



पहिलोपोस्ट

फिल्म ‘कमाण्डर’को प्रदर्शन मिति तय

काठमाडौं : अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ‘कमाण्डर’को प्रदर्शन मिति तय भएको छ। माघ १० गतेको लागि फिल्मको प्रदर्शन मिति तय गरेको निर्माण टिमले जनाएको छ। 

एक्सन जनारामा निर्माण भएको यस फिल्मलाई एलआर विवेक सापकोटाको निर्देशन गरेका हुन्। फिल्ममा शाहीसँगै रोबिन तामाङ, प्रेम शर्मा, साधना शिलवाल, दिनेश केसी, कालु राना, यादव सिटौला, बिमला पुरी लगायतको अभिनय रहेको छ।

‘कमाण्डर’मा कथा तथा पटकथा निर्देशक सापकोटाकै रहेको छ। मनोज चौलागाईँको संगीत रहेको यस फिल्मलाई दिव्य सापकोटाले खिचेका हुन्।

करिब एक महिनादेखि नेपाली सिनेमा हलमा कुनै नेपाली फिल्म प्रदर्शनमा नआउँदा विदेशी फिल्मले राज गरिरहेका छन्। मल्टिप्लेक्सहरुमा विदेशी फिल्महरुले उच्च शो पाइरहेका छन्। 

पुस महिनाको अन्त्यमा आएसँगै माघमा रिलिज हुने फिल्मको चहलपहल र प्रोमोसनहरु शुरु हुन थालेको छ। यसै क्रममा कमाण्डरले पनि फिल्मको रिलिज डेट १० गतेको लागि तय गरेको हो। 

त्यस्तै माघमा प्रदर्शन हुने फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’लाई पनि यो वर्षको बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell