PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पीचको बीचमा हेर्नुस् पोलैपोल ! भ्रमण वर्षमा पर्यटकीय क्षेत्रको नमुना विकास

पीचको बीचमा हेर्नुस् पोलैपोल ! भ्रमण वर्षमा पर्यटकीय क्षेत्रको नमुना विकास

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : पत्रकार सुशील अर्यालले आज बिहान केही फोटोसहित फेसबुकमा पोस्ट गरे। विकासमा बहस भन्दै उनले अपलोड गरेको फोटोमा देखियो - मध्य भागमा तारको पोल - दायाँ बायाँ कालोपत्रे।

यस्तै हाँस्यास्पद विकासका उदाहरणहरु देशका अरु भागमा पनि नभएका होइनन् तर काठमाडौंमै यस्तो पारा देखिएपछि फोटो खिच्न जान मन लागिहाल्यो। अनि लागेँ भगवान पाउँ, स्वायम्भूतिर। विश्व सम्पादा सूचीमा सूचीकृत स्वयम्भू सधैं चर्चमा रहन्छ - कहिले कंक्रिटका स्वागत द्वार त कहिले यस्तै विकासका नमुना!

त्यहाँ पुग्दा कालोपत्र गर्नेहरु चाहिँ थिएनन्। हिजो आइतबार नै कालोपत्र गर्नक लागि अलकत्राको झोल सडकमा राखिएको रहेछ, आधा भाग भने कालोपत्रे भइसकेको। अनि कालोपत्रेको बीचमा चाहिँ पोल जस्ताका तस्तै।

स्थानीयहरु पनि दङ्ग परेका छन् - विकासको नमुना देखेर। २०२० लाई नेपाल भ्रमण वर्ष मनाइरहेको मुलुकको एउटा महत्वपूर्ण पर्यटकीय गन्तब्यमा विकासको नौलो नमुना देखाउनका लागि त यस्तो कालोपत्रे गरिएको होइन?

तपाईँहरु पनि हेर्नुस् पीचको बीचमा पोलैपोल -



ट्रेन्डिङ पोस्ट

Ncell