PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

नक्कली भ्याट बिलको मुद्दामा व्यवासायीहरु दोषी ठहर, अब कर र त्यसको जरिवाना समेत हुने



पहिलोपोस्ट

नक्कली भ्याट बिलको मुद्दामा व्यवासायीहरु दोषी ठहर, अब कर र त्यसको जरिवाना समेत हुने

काठमाडौं : दश वर्षअघिको मूल्य अभिवृद्धि र आय कर सम्वन्धी विवादको सुनुवाइ गर्दै सर्वोच्च अदालतले निजी क्षेत्रका कम्पनीहरुलाई दोषी ठहर गरेको छ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले शंकर अक्सिजन ग्यास प्रालि, एआइटी प्रालि र भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई दोषी ठहर गरेको हो। त्यस्तै अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सलाई पनि दोषी ठहर्‍याएको छ। उसको पक्षमा भएको पुरानो फैसला सर्ववच्चले उल्टाइदिएको हो। महेश बानियाँले पनि मुद्दा हारेका छन्।

अघिल्लो साताबाट सुनुवाइ भए पनि फैसला हुन सकेको थिए। यी मुद्दा हेर्दाहेर्दैमा थियो। आन्तरिक राजस्व कार्यालय, आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयविरुद्ध व्यवसायीहरू सर्वोच्च पुगेका थिए।

भाटभटेनी र शङ्कर अक्सिजनले अब नक्कली भ्याट बिल र आय कर अन्तर्गतको लाग्ने राजस्व, जरिवाना र ब्याज तिर्नुपर्ने छ। अरुण इन्टरकन्टिनेन्टलले पनि अब सबै राजस्व बुझाउनुपर्ने हुन्छ।

आन्तरिक राजस्व विभागले नक्कली भ्याट बिलबाट ३ अर्ब २५ करोड रुपैयाँ कर छली भएको निष्कर्ष निकालेको थियो। भाटभटेनी डिपार्टमेन्ट स्टोरले २०६७ सालसम्म भ्याट, जरिवाना र ब्याज गरेर २३ करोड रुपैयाँ बुझाउनु पर्ने टुङ्गो लगाइएको थियो। अर्को कम्पनी एआईटीले २५ लाख रुपैयाँ भ्याट छलेको भेटिएको थियो। साथै शङ्कर अक्सिजनले २३ लाख रुपैयाँ छलेको पाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell