PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय खारेज



पहिलोपोस्ट

पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय खारेज

पाकिस्तानको अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय खारेज गरेको छ। लाहोरको उच्च अदालतले मुशर्रफलाई सुनाइएको अदालतको फैसला अवैधानिक भएको फैसला गरेको हो

देश द्रोहको मुद्दामा पूर्वजनरल समेत रहेका मुशर्रफलाई डिसेम्बर १७ मा इस्लामाबादको विषेश अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो।

मृत्यु दण्डको फैसलाविरूद्धको सुनुवाइमा देशद्रोहको मुद्दा कानुन बमोजिम नभएको फैसला सुनाइएको हो।

यसअघि मुशरर्फविरुद्ध उक्त मुद्दा चलाउन गठन भएको विशेष अदालतको वैधानिकतामा समेत उच्च अदालतले पाकिस्तानी सरकारमाथि प्रश्न खडा थियो।

यस्तै अदालतमा परवेजविरुद्धको मुद्दा प्रधानमन्त्री इमरान खानको निर्देशनमा दर्ता गराइएको दावी गरिएको थियो। संविधानको धारा ६ अन्तर्गत परवेजविरुद्ध लगाइएको मुद्दा मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्नेमा त्यस्तो नदेखिएको तर्क परवेजका वकिलहरुले गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell