PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सरकारमाथि कांग्रेस सह - महामन्त्री महतको ६ आरोप, 'ओलीको झुट लुकाउन सञ्जालमा डिफेन्सिभ ग्रुप नै तैनाथ'



प्रकाश भण्डारी

सरकारमाथि कांग्रेस सह - महामन्त्री महतको ६ आरोप, 'ओलीको झुट लुकाउन सञ्जालमा डिफेन्सिभ ग्रुप नै तैनाथ'

काठमाडौं : नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले कम्युनिस्ट कुरा बिकाएर चुनाव जितेको पार्टी भएको आरोप लगाएका छन्।

'विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी'ले राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको 'प्रस्तावित सूचना प्रविधि र विशेष सेवा आयोग गठन'  नामक अनन्तर्क्रियामा महतले उक्त आरोप लगाएका हुन्।

१. कुरा बिकाएर चुनाव जिते

नेता महतले चुनावका बेलामा कम्युनिष्टले जन अधिकार, बहुदल स्वीकार प्रजातन्त्र स्विकार्छौं भनेर स्वीकारेको र प्रपोगाण्डा गरी चुनाव जितेको तर्क गरे।

उनले भने, 'कम्युनिष्टले प्रचारात्मक शैलीमा प्रपोगाण्डा गरे। जनताले हो कि के हो भनेर भोट दिए।' महतले कांग्रेसले लामो समय जनअधिकारको रक्षा गरेको भए पनि कम्युनिष्टको प्रचारशैली अगाडि निस्तेज भएको स्वीकारे।

कम्युनिस्टले कुरो बिकाएर चुनाव जितेको आरोप लगाउँदै उनले कम्युनिष्टहरु सरकार कब्जाको हकदार भएको ठान्ने पार्टी भएको पनि तर्क गरे। भने, 'यिनीहरु सत्ता कब्जाको हकदार ठान्छन्। आफूले युद्ध पनि त्यसैका लागि लडेको भन्छन्।'

२. मिडिया पनि सरकारकै बोलीमा लोली मिलाउँदै

सूचना प्रविधि विधेयक सञ्चार माध्यमलाई व्यापक रुपमा नियन्त्रण गर्न ल्याएको उल्लेख गर्दै महतले यो निरंकुश शासन व्यवस्थामा पनि नहुने बताए। 'अहिले विशेष सेवा आयाोग गठन भनेर फोन टेपिङ गरेर गोपनियताका हक खोस्न खोजेको छ। उनीहरुले विभिन्न नाम गरेर आम नागरिको हक खोसिरहेका छन्,' उनले भने, 'सामाजिक सञ्जालमा नागरिकले विना लागत विचार प्रवाह गर्छन्। स्टाब्लिस्ट मिडियामा त चाबी लगाइदिन्छौ भनेर नियन्त्रण गर्न सक्छन्। र, लगाइ पनि रहेका छन्। अहिले मिडिया पनि उनीहरुकै मात्रै लेखिरहेको छन्। तर समाजिक सञ्जालमा त यसो गर्न पाइदैन। त्यसैले सामाजिक सञ्जाललाई बन्द गर्न विधेयक ल्याइएको हो।'

३. ओलीको झुटा कामलाई राम्रो भन्दै प्रचार गर्ने फौज तैनाथ

महतले सूचना प्रविधि विधेयक विरोधीलाइ कारवाही गर्नमात्र ल्याएको आरोप लगाए। भने, 'सामाजिक सञ्जालमा केपी आलीबारे प्रचार गर्ने एक फौज नै छ। उनीहरुले ओलीबारे झुटो प्रचार मात्रै फैलाउँछ। एकैपटक हजारौले सरकार विरोधीलाई गाली गलौज गरेर सरकारलाइ डिफेन्सिभ बनाउँछ। उनीहरुलाई यसले कारवाही गर्दैन।' यसलाइ सरकारले नियन्त्रण गर्न खोजे पनि जित जनताकै हुने उनको दाबी रह्यो।

४. प्रहरी र प्रशासन नागरिकको अधिकार खोस्न प्रयोग

कम्युनिस्ट नेतृत्वको सरकार रहेकाले हिजोआज प्रहरी र प्रशासनसमेत कानुनअनुसार नचलेको महतले आरोप लगाए। प्रशासन सरकारको आज्ञामात्र मानिहेको डा महतको भनाइ छ। भने, 'प्रशासन अहिले कानुन मान्दैन। बरु उनीहरु त माथिकाले के भने। नेताले के भने। त्यो मात्रै मान्न थालेका छन्। उनीहरुले त कसरी नागरिकको अधिकार खोस्ने भन्नेमामात्रै ध्यान छ।' उनले अहिले सुचना प्रविधि विधेयकमा पनि अकल्पनीय जरिवाना राखिएको बताए।

५. भ्रष्टाचारमा डुबेको सरकार

उनले अहिले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको दाबी गरे। भ्रष्टाचार संस्थागत नै भएको आरोप लाउँदै उनले भने, 'पहिला कांग्रेसका पालमा तिलका दाना यता उता हुँदा पनि यिनीहरुले पहाड बनाउँथे। अहिले लाखको त कुरै हुँदैन सीधै करोड अर्बको मात्रै बार्गेनिङ गरेर भ्रष्टचार गर्छन्। कांग्रेसले यति गरेको भए एक महिना पनि सरकार चल्न दिने थिएन। त्यसमाथि हाम्रा साथीहरुले जनतालइ जुरुक्क उचाल्ने थिए। लेफ्ट राइट गरेर अहिले त जे मन लाग्यो त्यही गरिरहेका छन्। 'उनले कम्युनिष्ट सत्तामा मात्रै केन्द्रित भएको आरोप लगाए।

६. सीमा समस्यामा प्रधानमन्त्री चुप

लिपुलेक र लिम्पियाधुरामा सीमा समस्या आउँदा प्रधानमन्त्री ‌ओली चुइक्क नबोलेको उनले आरोप लगाए। 'बरु भारतले आउनुस के के छ छलफल गरौ भनेका छन्। सीमा समस्यामा प्रधानमन्त्रीको त स्वरै निस्केन,' महतले भने।

सीमा समस्या कुटनीतिक ढंगले छलफल गर्ने विषय भए पनि नेपालले पहल नै नगरेको महतको आरोप थियो। अहिले संसद एकपछि अर्को सूचना टाँसेर स्थगित गर्दै बन्दी बनाएको उनले आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell