काठमाडौँ: नेकपा (एमाले) ले २०७४ सालको स्थानीय तहको निर्वाचनमा २९४ पालिकामा जित निकालेको थियो। ४० प्रतिशतभन्दा बढी मत एमालेको पोल्टामा पर्दा राजनीतिक समीकरण भने खासै फरक थिएन त्यति बेला। अहिले जस्तै एमाले प्रतिपक्षमै थियो, सत्तामा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल गरेका थिए। तर, सबैभन्दा धेरै ठाउँमा चुनाव जितेर आफूलाई पहिलो शक्तिका रूपमा एमालेले स्थापित…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब ९ महिना लामो प्रतिनिधि सभाको अवरोधलाई हटाएको छ। दुई पटक सभा विघटन गरेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७८ भदौ १ मा माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटालाई दिएका थिए। तर पत्राचार कार्यान्वयन नगरेको भन्दै एमालेले संसद अवरुद्ध पार्दै आएको थियो। २०७८ भदौ २३ गतेदेखि प्रारम्भ…
काठमाडौं : सन् २०२० को आखिरी महिना तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि असाध्यै प्रीतकर रहेन। विभिन्न राज्यबाट आएका मत परिणामसँगै दोस्रो पटक राष्ट्रपति बन्ने आकांक्षा धुमिल बन्दै गइरहेको थियो। आफूलाई नियन्त्रणमा राख्न सकिरहेका थिएनन् उनले। त्यसैले मतदान र मतगणनामा हेरफेर भएको आरोप लगाउँदै मतगणना नै रोक्न हरसम्भव शक्ति लगाए। आफ्ना समर्थकलाई तोडफोडमै उतारे। उनका अभिव्यक्ति यतिसम्म तुच्छ थिए कि…
काठमाडौं : अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखदेखि धेरैजसो वडामा नेकपा एमालेले जित निकालेको थियो। ६४ हजार ९ सय १३ मत पाएर मेयरमा एमालेका विद्यासुन्दर शाक्य जित्दा कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएर चित्त बुझाएका थिए। उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्कीले जिते पनि अधिकांश वडामा एमालेले जित्दा मेयरमा कांग्रेसले हार बेहोर्नुपर्यो। त्यतिबेला महानगरका १,२,३,४ वडामा वडा अध्यक्षमा जित निकालेको थियो एमालेले।…
काठमाडौं : राष्ट्रिय सभागृहको माहोल काठमाडौं महानगरका स्वतन्त्रतर्फका मेयर पदका उम्मेदवार बालेन साहमय छ। सबैभन्दा ठूलो दल नेकपा (एमाले) र दोस्रो ठूलो तथा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका कार्यकर्ता समेत खासै छैनन्। त्यसैले गुमनाम लाग्छन् कांग्रेस एमाले। मत गणनामा कांग्रेस एमालेका उम्मेदवारको मत धिमा गतिमा अघि बढिरहेको छ भने बालेनको तीब्र। बालेनले आग्रत लिएको दृश्य मतगणनास्थलमा मात्रै सीमित…
काठमाडौँ: स्थानीय तह निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन भन्दै विभिन्न ठाउँमा रहेका मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ। ७५३ स्थानीय तहमा हुन लागेको मतदानलाई सुरक्षित बनाउन भन्दै मतगणना स्थलमा तारजाली राखिएको हो। यसअघि मतपत्र च्यात्ने र गणनाका क्रममा धाँधली हुने भएकाले तारजाली लगाएमा सुरक्षित हुने भन्दै निर्वाचन अधिकृतहरूले धमाधम तारजाली लगाउन लगाएका हुन्। निर्वाचन आयोगले भने मतपत्र च्यात्ने घटनालाई रोक्न सिसिटिभी…
काठमाडौं : स्थानीय तह निर्वाचन नहुदै ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले ३ सय ५५ जना विभिन्न राजनीतिक दलका र ३५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जानकारी दिएको छ। वैसाख ३० गते हुने चुनावका लागि १ लाख ४५ हजर ११ जना प्रतिस्पर्धामा छन्। जसमध्य ५५ हजार ६ सय ९८ महिला र ८९ हजार ३ सय…
काठमाडौँः निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोधेको छ। यस्तै आयोगले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवालाई पनि स्पष्टीकरण सोधेको छ। चुनावमा मतदातालाई प्रभावित पार्ने अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रचण्ड र आरजु दुबैलाई २४ घण्टामा जवाफ दिन स्पष्टीकरण सोधिएको बताए। आयोगले अध्यक्ष प्रचण्डलाई चितवनको भरतपुरको…
काठमाडौँ: केही दिनयता काठमाडौँ उपत्यकामा सिमसिम पानी परिरहेको छ। बर्खा लागेकै छैन, तर झरीले आभाष दिन्छ बर्खा नै पो लाग्यो कि! बर्खा नलागे पनि चुनाव भने मस्त लागेको छ, उम्मेदवार र मतदातालाई। घरदैलोका लागि धेरै दिन छैन। चुनावै आउन पनि ५ दिन मात्रै बाँकी छ। काठमाडौँ महानगरपालिकाका उम्मेदवारको दौडधुप पनि बढ्दो छ। कसरी भ्याउने सबै ठाउँ? बिहान ६ बजे नै…
ललितपुर : चुनाव जित्न के चाहिएला? स्वाभाविक उत्तर हुनसक्ला-बलियो संगठन, लोकप्रिय नारा र पैसा। संघीय लोकतान्त्रिक गणतन्त्रमा चुनाव असाध्यै महँगो भइसकेको छ। तर, ललितपुरका नरसिंह व्यञ्जनकार अपवाद हुन् संगठन, नारा र पैसाको मामिलामा। पैसा, बलियो पार्टीमात्रै होइन चुनावी नारा र घोषणापत्र पनि छैन उनको। छ त १० पटक वडा अध्यक्षमा जितेको विरासत। जित पर्याय नै हो उनका लागि। किनभने हारेको…
काठमाडौं : मन्त्रिपरिषदको आइतवारको बैठकले जेठ ३ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ। जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि हुने छलफलका लागि सरकारले अधिवेशन बोलाउन सिफारिस गरेको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने २०७८ भदौ २३ गते यताका सबै बैठकमा अवरोध कायमै राखेको छ। माधवकुमार नेपाल सहितका ११ सांसदलाई एमालेले गरेको…
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता उलंघन गरेकोमा ३७ जनालाई स्पष्टीकरण सोधेको छ। एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई आयोगले दुई पटक स्पष्टीकरण सोधिसकेको छ। आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन भन्दै स्थापितलाई स्पष्टीकरण सोधेको हो। काठमाडौं महानगरपालिकाका मेयर पदमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहलाई ‘ठग’ भनेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। यसअघि स्थापितलाई आयोगले बैशाख…
काठमाडौं : भक्तुपरको मध्यपुर थिमि नगरपालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले मेयरमा १४ हजार मत ल्याएर चुनाव जिते। उनका प्रतिद्वन्द्वी थिए नेपाली कांग्रेसका अष्टकुमार कवे। १० हजर ८ सय ४६ मत ल्याय कवेले। मेयरमा एमालेका श्रेष्ठले चुनाव जिते पनि उनी सधैं अल्पमतमा रहे। एक जना वडा अध्यक्षमात्रै थिए एमालेका। बाँकी कांग्रेसका ६ जना तथा स्वतन्त्र एक र मजदुर…
काठमाडौं : धेरै ठाउँमा राजनीतिक दलका उम्मेदवारले स्थानीय तहको निर्वाचन जितेका थिए २०७४ सालमा। एमाले बन्यो पहिलो दल २ सय ९४ सिट जितेर। तर, कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार बनेकाले पनि चुनाव जिते। र, ५ वर्ष स्थानीय सरकारको नेतृत्व गरे पनि। त्यसमध्येको एक हो कपिलबस्तुको कृष्णनगर नगरपालिका। त्यहाँबाट रजतप्रताप साहले मेयरमा ७ हजार ३ सय २८ मत ल्याएर चुनाव जितेका थिए।…
काठमाडौँ: आसन्न स्थानीय तहको निर्वाचनमा ६ महानगरको चुनावलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएका छन्। उम्मेदवार चयनदेखि दलहरुले बनाएको काउन्टर रणनीति महानगर केन्द्रित छ। मुख्य प्रतिस्पर्धामा छन् सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवार। स्वतन्त्र उम्मेदवार पनि राजनीतिक दलका उम्मेदवारको जित/हारमा निर्णायक हुने देखिन्छन्। सत्ता गठबन्धनले महानगरमा जसरी पनि एमालेलाई हराउने रणनीति अनुसार केन्द्रबाटै भागबन्डा गरेको थियो। एमाले पनि गठबन्धनलाई महानगरमै…
काठमाडौँ: नेकपा (एमाले) का तर्फबाट काठमाडौँ महानगरका मेयर पदका उम्मेदवार केशव स्थापित एक पछि अर्को विवादित अभिव्यक्ति दिन थालेका छन्। केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा प्रश्नकर्तामाथि रोष प्रकट गर्दै ‘यु आर नाइस लेडी तर थुतुनो ठिक भएन’ भन्ने अभिव्यक्ति दिएर विवादित बनेका थिए स्थापित। फेरि आइतबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थापितले आफ्ना प्रतिद्वन्द्वीमाथि अराजनीतिक टिप्पणी गरेपछि विवादमा तानिएका छन्।…
काठमाडौँ: सत्तारुढ पाँच दलले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा होमिने निर्णय गरेका थिए। तर, केन्द्रको निर्णय सबै स्थानीय तहमा पालना भएन। हुन त गठबन्धन सबै स्थानमा तालमेल हुन नसक्नेमा ढुक्क थियो पहिलै। त्यसैले सकेसम्म तालमेल नभए मित्रवत् प्रतिस्पर्धाको पक्षमा थियो सत्ता गठबन्धन। उक्त सहमति पालना नभए कारबाही हुने चेतावनीका बाबजुत धेरैजसो स्थानीय तहमा गठबन्धनको निर्णय लागू भएन। कतिपय पालिकामा गठबन्धनबीच…
काठमाडौं : सत्ता गठबन्धनले सहमति विपरित नेकपा (एमाले)सँग चुनावी तालमेल गरेकाहरुलाई उम्मेदवारी फिर्ता गर्न पटक पटक अनुरोध गरेको छ। बुधवार मात्रै पाँच दल बाहिरको सहमति फिर्ता लिन अनुरोध गरेको गठबन्धनले शुक्रवार फिर्ता नलिए उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। बुधवार गठबन्धनले ७ बुँदे निर्देशन जारी गरेको थियो। पाँच दलीय गठबन्धनले तालमेलको सहमतिलाई कार्यान्वयन गर्न तल्ला तहका संयन्त्रलाई निर्देशन दिने उक्त निर्णयमा उल्लेख…
ललितपुर : २०७४ को स्थानीय तह निर्वाचनमा ललितपुर महानगरमा नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार र नेपाली कांग्रेसका चिरिबाबु महर्जनबिच मुख्य प्रतिस्पर्धा भयो। २४ हजार ६ सय ४२ मत महर्जनले ल्याउँदा ब्यञ्जनकार २४ हजार ३ सय १६ मतमात्र पाएर पराजित भए। ५ वर्षपछि फेरि हुन लागेको स्थानीय तहको निर्वाचनमा पनि प्रतिस्पर्धी दोहोरिएका छन्। महर्जन र व्यन्जनकारबिच नै मुख्य प्रतिस्पर्धा हुने छ। महर्जन सत्ता…
काठमाडौँ: स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समय सकिएको ३ दिन बितिसक्दा पनि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम संख्या निकाल्न सकेको छैन। वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यतालिका थियो। १३ गते उम्मेदवारको विरोधमा उजुरी तथा १४ र १५ गते उजुरीमाथि जाँचबुझ/निर्णय तथा उम्मेदवारको नामावली प्रकाशनको अवधि तोकिएको थियो। १६ गते अन्तिम नामावली प्रकाशन र १७ गते उम्मेदवारलाई चुनाव चिन्ह…