PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • प्रचण्ड एक, लगामविहीन बोली अनेक, पटक-पटक विवादास्पद अभिव्यक्ति किन दिन्छन्?

    प्रचण्ड एक, लगामविहीन बोली अनेक, पटक-पटक विवादास्पद अभिव्यक्ति किन दिन्छन्?

    २०७६ फागुन १ 'गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुपर्‍यो, ठूल्ठूला फौजी आक्रमण गर्नुपर्‍यो, सदरमुकाम नै हान्नु पर्‍यो भनेर मलाई भन्नुहुन्थ्यो, यही विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न सफल भएका हौँ।'  २०७६ माघ १ ‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। म तथ्यांक मात्रै सच्याउन चाहन्छु। साथीहरू यो सत्य होइन। सत्य के हो मलाई भन्न दिनुहोस्। सत्य…

    विस्तृतमा पढ्नुस्

  • सदनका दुई पूर्व कमान्डरलाई एकै दिन उपहार : एकलाई न्यायपालिका, अर्कोलाई कार्यपालिकाबाट

    सदनका दुई पूर्व कमान्डरलाई एकै दिन उपहार : एकलाई न्यायपालिका, अर्कोलाई कार्यपालिकाबाट

    काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महरा आज १०३ दिनको कारवासबाट मुक्त भए। अर्को तिर उनकै कार्यकालमा उपसभामुख रहेकी शिवमाया तुम्वाहाङ्फे मन्त्रीको जिम्मेवारी पाउँदै कानुन मन्त्रालय छिरेकी छिन्। यी दुई परिघटना राज्यका दुई छुट्टाछुट्टै अंग मातहतका हुन्। यी दुई परिघटनालाई एक अर्कासँग जोडेर सामाजिक सञ्जालमा चर्चा सुरु भइसकेको छ। संसद सचिवालयकी एक कर्मचारीलाई बलात्त्कारको प्रयास गरेको अभियोगमा जेल परेका कृष्णबहादुर महरा…

    विस्तृतमा पढ्नुस्

  • अयोग्य लडाकुको प्रश्न, ‘हामी अयोग्य भए गणतन्त्र कसरी योग्य?’

    अयोग्य लडाकुको प्रश्न, ‘हामी अयोग्य भए गणतन्त्र कसरी योग्य?’

    इलामकी वन्दना राई हुम्लाका खड्गबहादुर रम्तेललाई राम्ररी चिन्छिन्। धादिङका रमेश बस्याल र ताप्लेजुङका पूर्ण लिम्बुले एक अर्कालाई चिन्न थालेको धेरै वर्ष भइसक्यो। वन्दना, खड्ग, रमेश र पूर्णले एक अर्कालाई चिन्नुपर्ने कुनै कारण थिएन। एउटै ठाउँका पनि होइनन्। एउटै कलेजका सहपाठी पनि होइनन्। तर, यी चार जनाले पछ्याएको बाटो, देखेको सपना र भोगेको विगत एकै र उस्तै छ। चारै जनाबीच समानता छ। …

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभामा कोरोनामाथि कवितादेखि हेलिकप्टर चार्टरसम्म, भाइरसमाथि कमला ओली र कोमल वलीको एउटै बोली

    राष्ट्रिय सभामा कोरोनामाथि कवितादेखि हेलिकप्टर चार्टरसम्म, भाइरसमाथि कमला ओली र कोमल वलीको एउटै बोली

    काठमाडौं : आजको राष्ट्रिय सभा निर्धारित समयअनुसार दिउँसो १ बजे नै शुरु भयो। धारणा राख्न सांसदले शुन्य समय, विशेष समय र विधेयकमाथिको छलफलमा समय पाए। शुन्य समयको सुरुमा उदय शर्मा पौडेलले जेष्ठ नागरिकले सार्वजनिक गाडीमा सुविधा नपाइरहेकोबारे ध्यानाकर्षण गराइन्। त्यसपछि कमलाकुमारी ओलीको पालो। ओलीले चीनमा नेपाली अलपत्र परेको धारणा राखिन्। भनिन्,'चीनमा फैलिएको कोरोना भाइरसबारे हाम्रा नेपाली विद्यार्थीहरु एकदमै रोइरहेको अवस्था छ।…

    विस्तृतमा पढ्नुस्

  • एमसिसी अध्ययन गर्न बनेको नेकपा कार्यदलको पहिलो बैठक चल्यो सवा २ घण्टा, के भयो कुराकानी?

    एमसिसी अध्ययन गर्न बनेको नेकपा कार्यदलको पहिलो बैठक चल्यो सवा २ घण्टा, के भयो कुराकानी?

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे बुझ्न गठन गरेको कार्यदलको पहिलो बैठक सकिएको छ। नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजेबाट शुरु भएको बैठक सवा दुइ घण्टा चलेको थियो। बैठकमा एमसीसीको शुरुवात कसरी भयो? यसबारेको दस्तावेज संकलन गर्ने विषयमा छलफल चलेको कार्यदलका सदस्य भीम रावलले जानकारी दिए।  आजको बैठकमा थप कुराकानी के भयो त? जवाफमा कार्यदलका सदस्य रावलले भने, 'आजको…

    विस्तृतमा पढ्नुस्

  • ४६ वर्षीय ढुंगाना नेविसंघ नेतृत्वमा, भन्छन् ‘लोकतान्त्रिक पार्टीमा झडप हुनु ठूलो कुरो होइन’

    ४६ वर्षीय ढुंगाना नेविसंघ नेतृत्वमा, भन्छन् ‘लोकतान्त्रिक पार्टीमा झडप हुनु ठूलो कुरो होइन’

    काठमाडौं :  नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ ‌औं महाधिवेशन गर्ने म्याण्डेट सहित तदर्थ समिति गठन भएको छ। काँग्रेस सभापति देउवा निकट मानिने राजिव ढुंगानालाई तदर्थ समितिको अध्यक्ष बनाइएको छ। उनको काँधमा असन्तुष्ट पक्षलाईसँगै लिएर समयमा नै महाधिवेशन सम्पन्न गर्ने चुनौती छ। ४६ वर्षीय ढुंगानालाई अध्यक्ष बनाइएपछि उनको उमेरलाई लिएर विवाद नभएको पनि होइन। संगठनमा ३२ वर्षको उमेर हद उल्लंघन…

    विस्तृतमा पढ्नुस्

  • कुन्दन समूहको आमरण अनसनलाई अर्जुन नरसिंह केसीको साथ

    कुन्दन समूहको आमरण अनसनलाई अर्जुन नरसिंह केसीको साथ

    काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी ‘संघको विधान रक्षार्थ’ भन्दै २ दिनदेखि आमरण अनसन बसेका छन्। उनको अनसनलाई माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुले बेवास्ता गरेको भन्दै दबाबका लागि एसएमएस अभियान सुरु गरिएको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलालाई एसएमएस गर्न थालिएको नेविसंघका नेता मनिष सिमखडाले बताए। आमरण अनसनमा बसेका त्रिपाठीको जीवन रक्षा…

    विस्तृतमा पढ्नुस्

  • सांसद भएपछि बढ्यो अछामका यज्ञबहादुरको ऋण, काठमाडौं बसाईबारे भन्छन्, 'घरबेटीको किचकिचै बढी'

    सांसद भएपछि बढ्यो अछामका यज्ञबहादुरको ऋण, काठमाडौं बसाईबारे भन्छन्, 'घरबेटीको किचकिचै बढी'

    २०७५ जेठ ८ गते। दिउँसो २ बजे। 'माननीय यज्ञबहादुर बोगटी। समय ५ मिनेट।' तत्कालिन उपसभामुख शिवमाया तुङ्बाहाम्फेको आवाज सुनियो प्रतिनिधि सभाको हल, नयाँ बानेश्वरमा। आवाज सुन्नसाथ हातखुट्टा थरर काप्यो यज्ञबहादुरको। मन धुकचुक। बोल्न सकिन्छ कि सकिँदैन भन्ने भयो। पहिलो पटक समय लिएको। बेलाबेला 'लिस्टबाट नाम हटाउन लगाउँ कि' भन्ने पनि भयो। भाषण त गरेकै हो नि। जनताका गुनासो जसरी भए…

    विस्तृतमा पढ्नुस्

  • सभामुखमा निर्वाचित हुनसाथ ओलीलाई भेट्न सापकोटाको हतारो : झलनाथलाई यसरी लगाए साइड, देव गुरुङले मिलाउन पाएनन् हात  

    सभामुखमा निर्वाचित हुनसाथ ओलीलाई भेट्न सापकोटाको हतारो : झलनाथलाई यसरी लगाए साइड, देव गुरुङले मिलाउन पाएनन् हात  

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएलगत्तै सदनमा रोचक दृश्य देखियो। जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा निर्वाचित भएको घोषणा गर्नसाथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आँखा लगाएका थिए सापकोटाले। लगत्तै सांसदहरु पम्फा भुषाल र ओनसरी घर्तीको बीचको कुर्सीमा रहेका सापकोटालाई सभामुख चयन भएपछि पहिलो खादा ओनसरी घर्तीले लगाइदिइन्। त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो ठाँउबाट उठेर सापकोटालाई…

    विस्तृतमा पढ्नुस्

  • ओली - प्रचण्ड राष्ट्रघाती हुन्, एमसीसीविरुद्ध उठेको आवाज दबाउन खोजे नेकपा टुक्राटुक्रा : सीपी मैनाली

    ओली - प्रचण्ड राष्ट्रघाती हुन्, एमसीसीविरुद्ध उठेको आवाज दबाउन खोजे नेकपा टुक्राटुक्रा : सीपी मैनाली

    काठमाडौं : झापा आन्दोलनबाट उदाएका नेता केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन्। त्यही आन्दोलनबाटै उदाएका नेकपा मालेका महासिचव सीपी मैनाली भने लगभग गुमनाम। थ्रेस होल्डबाट संविधानसभामा पुगेर मन्त्री समेत बनिसकेका उनी अहिले सरकारको कडा आलोचक हुन्। अहिले कस्तो छ त उनको दैनिकी? अनि राष्ट्रिय राजनीतिबारे उनको धारणा के छ? यिनै विषयमा प्रकाश भण्डारीले गरेको कुराकानी : पार्टीको गतिविधि कस्तो छ अचेल?…

    विस्तृतमा पढ्नुस्

  • टिआई रिपोर्ट भन्छ : सरकारले नै भ्रष्टाचार बढायो, राजनीतिक भ्रष्टाचारमा अख्तियार मौन

    टिआई रिपोर्ट भन्छ : सरकारले नै भ्रष्टाचार बढायो, राजनीतिक भ्रष्टाचारमा अख्तियार मौन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वैसाख २० गते सबै क्षेत्रमा सदाचारको नीति अपनाउने भन्दै नीति तथा कार्यक्रममा संसदमा प्रस्तुत गर्‍यो। राज्यको सम्पत्ति अनाधिकृत रुपमा दोहन गर्नेमाथि सरकार कठोर रुपमा प्रस्तुत हुने दाबी पनि भयो त्यही नीति तथा कार्यक्रममा। तर, त्यसको १० महिना भइसक्दा पनि सरकार आफ्नै योजनामा अगाडि बढेन। उल्टै केही ऐनहरु नै संशोधन गरेर अनियमिततालाई साथ…

    विस्तृतमा पढ्नुस्

  • बेलका नगरपालिकामा विपक्षी दलका नेतालाई कार्यकक्ष, कांग्रेस भन्छ, 'मेयरले सस्तो लोकप्रियता खोजे'

    बेलका नगरपालिकामा विपक्षी दलका नेतालाई कार्यकक्ष, कांग्रेस भन्छ, 'मेयरले सस्तो लोकप्रियता खोजे'

    काठमाडौं : मानवशास्त्री सुरेश ढकालले माघ ६ गते ट्वीट गरे - उदाहरणीय नगरपालिका भन्दै। नगरपालिकाका मेयरको प्रशंसा गर्दै लेखिएको ट्वीटमा उनले सुशासन र समावेशी विकासको पाठशाला रहेको बताएका छन्। उनले लेखेका छन्, 'मेयर साबले सम्भवत यो नेपालमै नयाँ अभ्यास हो। मेयर साहेबले पराजित मेयर उम्मेदवारका लागि सुविधा सम्पन्न कार्यालय दिएका छन् र अनुगमन समितिमा राखेका छन्। सल्लाह र सहकार्यमा काम गर्छन्।…

    विस्तृतमा पढ्नुस्

  • आठ भारतीय पर्यटकको मृत्यु, छानबिन समिति गठन

    आठ भारतीय पर्यटकको मृत्यु, छानबिन समिति गठन

    काठमाडौं : नेपाल पर्यटन विभागले मकवानपुरको एक होटलमा ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरण छानविन गर्न समिति गठन गरेको छ। पर्यटन विभागको होटल शाखाले निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा बुधवार ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। सदस्यमा होटल शाखाकै सदस्य सचिव तिलक रिजाल, पर्यटन प्रहरीका इन्स्पेक्टर अस्मिता कपाली रहेका छन्। समितिमा स्वास्थ्य मन्त्रालय र होटल एसोसिएसन(हान)का एक एक जना प्रतिनिधि पनि रहेका…

    विस्तृतमा पढ्नुस्

  • आठ भारतीयको मृत्यु, पोस्टमार्टमका लागि शव टिचिङमा

    आठ भारतीयको मृत्यु, पोस्टमार्टमका लागि शव टिचिङमा

    काठमाडौं : मकवानपुरको दामनस्थित एभरेस्ट पानोरामा होटलमा बेहोस भई मृत्यु भएका ८ जनालाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ। थाहा नगरपालिका-४ स्थित एभरेस्ट पानोरामा होटलमा बेहोस भएका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएको थियो।  उनीहरुको अस्पताल नआइपुग्दै मृत्यु भइसकेको अस्पतालले जनाएको छ। अस्पतालका इमर्जेन्सी इन्चार्ज कमल थापाले मृत्युको कारण पनि थाह नभएको बताए। उनले भने, 'मृत्युको निश्चित कारण…

    विस्तृतमा पढ्नुस्

  • धनचौरको धुलोबाट कखरा सिकेका बेदुरामको पिएचडी यात्रा, '१३ वर्ष जेलमा बास, जेलमै पढाई'

    धनचौरको धुलोबाट कखरा सिकेका बेदुरामको पिएचडी यात्रा, '१३ वर्ष जेलमा बास, जेलमै पढाई'

    काठमाडौं : कुलेश्वरको जनमैत्री कलेजबाट पश्चिमतर्फ १० मिनेटको पैदलयात्रा पछि पुगिन्छ सुनारगाउँचोक। त्यहाँबाट बायाँ मोड्दै ओरालो झरेपछि देखिन्छ गणेश मन्दिर। सानो मन्दिर नजिकै गुलाबी रंगको तीन तल्ले घर छ। यही घरको तेस्रो तल्लाको एउटा कोठाको कुनामा रहेको सोफामा बसेर खेस्रा कोरिरहेका छन् एकजना। काठको टेबलमाथि नोटकपी राखेर अझै थप्दैछन् उनी। चिसो ढाक्न बाक्लो ज्याकेटमा देखिन्छन् उनी। तीनतिर सोफा र एकतिर स्टिलका…

    विस्तृतमा पढ्नुस्

  • कृष्ण सिटौलाको दुखेसो : पार्टीमा मलाई कसैले साथ दिएनन्

    कृष्ण सिटौलाको दुखेसो : पार्टीमा मलाई कसैले साथ दिएनन्

    काठमाडौं :  कुनै समय गिरिजाप्रसाद कोइरालाको साथ पाएर पार्टीमा उचाई बनाएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिले आएर पार्टीमा आफू एक्लिएको गुनासो गरेका छन्। द्वन्द्व अन्त्यका लागि सरकारका तर्फबाट वार्ता समितिमा भूमिका पाएपछि चर्चामा आएका सिटौला पछिल्लो समय पार्टीमा एक्लिन थालेको कार्यकर्ताबीच चर्चा चल्न थालेको त धेरै भइसकेको हो। तर, सिटौला आफैले भने यसबारे आफ्नो धारणा सार्वजनिक गरेका थिएनन्। मंगलवार आफू…

    विस्तृतमा पढ्नुस्

  • सरकारमाथि कांग्रेस सह - महामन्त्री महतको ६ आरोप, 'ओलीको झुट लुकाउन सञ्जालमा डिफेन्सिभ ग्रुप नै तैनाथ'

    सरकारमाथि कांग्रेस सह - महामन्त्री महतको ६ आरोप, 'ओलीको झुट लुकाउन सञ्जालमा डिफेन्सिभ ग्रुप नै तैनाथ'

    काठमाडौं : नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले कम्युनिस्ट कुरा बिकाएर चुनाव जितेको पार्टी भएको आरोप लगाएका छन्। 'विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी'ले राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको 'प्रस्तावित सूचना प्रविधि र विशेष सेवा आयोग गठन'  नामक अनन्तर्क्रियामा महतले उक्त आरोप लगाएका हुन्। १. कुरा बिकाएर चुनाव जिते नेता महतले चुनावका बेलामा कम्युनिष्टले जन अधिकार, बहुदल स्वीकार प्रजातन्त्र स्विकार्छौं…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको चियापान : खिलराज र नेम्वाङको खासखुसदेखि देउवाको झोंकसम्म

    राप्रपाको चियापान : खिलराज र नेम्वाङको खासखुसदेखि देउवाको झोंकसम्म

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीको अवसरमा आज राजधानीमा चियापन कार्यक्रम आयोजना गर्‍यो। भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित चियापानमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी भए। क्लबको एउटा हलमा कवि गोष्ठी थियो भने अर्कोमा शुभकामना तथा चियापान। बाहिर नेवारी बाजाको धुन र भित्र कविताको लय। नेता कार्यकर्ता चियाको चुस्कीमा रमिरहेका थिए। भित्ताभरी टाँसिएका थिए पृथ्वी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली नोटमा पृथ्वी नारायण शाहको फोटो राख्न कमल थापाको माग

    नेपाली नोटमा पृथ्वी नारायण शाहको फोटो राख्न कमल थापाको माग

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारलाई आग्रह गरेका छन्। २९८ औं पृथ्वी जयन्तीका अवसरमा भृकुटी मण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले यस्तो आग्रह गरेका हुन्। उनले पृथ्वी जयन्तीका दिनमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने समेत बताएका छन्। ‘पृथ्वी जयन्तीलाई सरकारले आउने वर्षदेखि राष्ट्रिय एकता दिवसको रुपमा मनाओस् र…

    विस्तृतमा पढ्नुस्

  • चन्द्र डाक्टरले छामेको देश : नेता र पढेलेखेका मान्छे नै बेइमानी! पैसा कमाउन लाग्दा देश खोक्रो

    चन्द्र डाक्टरले छामेको देश : नेता र पढेलेखेका मान्छे नै बेइमानी! पैसा कमाउन लाग्दा देश खोक्रो

    कपाल सेतै फूले पनि जोशिला देखिन्छन्। रातो स्वेटरमाथि जरीकोट। जिन्स पाइन्टले अझै फूर्तिला देखिएका छन्। मध्ये पुसको जाडोमा काठमाडौंको बुद्धनगरस्थित भण्डारी निवासमा मुस्कुराउँदै छन् उनी। अनि हामीसँग गफिँदै पनि। उनी अर्थात्, चन्द्र भण्डारी। भर्खरै पिएचडीबाट दीक्षित भएका भण्डारीको परिचय चाहिँ नेपाली काँग्रेसका केन्द्रीय सदस्य। '१२ वर्षमा पिएचडी सकाएँ,' पढाइमा परेको परिश्रम र पसिनाबारे सुनाए भण्डारीले। भण्डारीको पीएचडी विश्वव्यापीकरणले नेपाल निर्माणमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell