PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

एमसिसी अध्ययन गर्न बनेको नेकपा कार्यदलको पहिलो बैठक चल्यो सवा २ घण्टा, के भयो कुराकानी?



प्रकाश भण्डारी

एमसिसी अध्ययन गर्न बनेको नेकपा कार्यदलको पहिलो बैठक चल्यो सवा २ घण्टा, के भयो कुराकानी?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे बुझ्न गठन गरेको कार्यदलको पहिलो बैठक सकिएको छ।

नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजेबाट शुरु भएको बैठक सवा दुइ घण्टा चलेको थियो।

बैठकमा एमसीसीको शुरुवात कसरी भयो? यसबारेको दस्तावेज संकलन गर्ने विषयमा छलफल चलेको कार्यदलका सदस्य भीम रावलले जानकारी दिए। 

आजको बैठकमा थप कुराकानी के भयो त? जवाफमा कार्यदलका सदस्य रावलले भने, 'आजको बैठकमा त्यस्तो केही भएको छैन। दस्तावेज संकलन गर्ने भन्ने भएको छ, त्यति हो।'

एमसिसी इण्डोपेसिफिक रणनीतिको अंग भए/नभएको विषयमा अध्ययन गर्न पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा आइतबार तीन सदस्यीय कार्यदल गठन भएको थियो

कार्यदलमा रावल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सदस्य छन्।

कार्यादललाई १० दिनको समयसीमा दिइएको छ।

एमसीसी अमेरीकाको इन्डोप्यासिफिक रणनीति हो होइन भन्ने विषयमा कार्यदलले प्रतिवेदन तयार पार्ने छ।

रावल एमसीसी जस्ताको त्यस्तै पारित नहुने भन्दै सरकारको नीतिको कडा आलोचना गर्दै आएका व्यक्ति हुन्।

संयोजक खनालले पनि एमसीसीको विपक्षमा विचार राख्दै आएका थिए भने परराष्ट्रमन्त्री ज्ञवाली जसरी पनि संसदबाट अनुमोदन गर्ने पक्षमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell