PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

एमसिसीको अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा कार्यदल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य



कुञ्जरमणि भट्टराई

एमसिसीको अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा कार्यदल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) इण्डोपेसिफिक रणनीतिको अंग भए/नभएको विषयमा अध्ययन गर्न पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले खनालको संयोजकत्वमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेकपा नेता भीम रावल सदस्य रहने गरी कार्यदल गठन गरेको हो। नेकपा नेता रावल एमसिसीको विषयमा पार्टी नेतृत्वको सबैभन्दा ठूला आलोचक हुन्। उनले कुनै पनि हालतमा इण्डोपेसिफिक रणनीतिको हिस्सा बन्न नहुने तर्क गर्दै एमसिसीका प्रावधानहरुमाथि प्रश्न खडा गर्दै आएका छन्।

अर्कातिर मन्त्री ज्ञवालीले भने यसको प्रतिरक्षा गर्दै आएका छन्। अब यी दुवै एउटै कार्यदलमा रहेर प्रतिवेदन तयार गर्नेछन् र सचिवालयलाई बुझाउने छन्। त्यसैका आधारमा पार्टीले यसबारे निर्णय लिनेछ।

आज बिहान सचिवालय बैठकले कार्यदल बनाउने निर्णय गरेको हो जसलाई पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी केन्द्रीय कमिटी बैठकमा जानकारी गराएका थिए। सचिवालय बैठकले गरेको प्रस्ताव प्रचण्डले केन्द्रीय कमिटी बैठकमा पेश गरे जसलाई बैठकले अनुमोदन गरेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए। १० दिनभित्र कार्यदलले अध्ययन गरी प्रतिवेदन बुझाउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell