PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

आठ भारतीय पर्यटकको मृत्यु, छानबिन समिति गठन



प्रकाश भण्डारी

आठ भारतीय पर्यटकको मृत्यु, छानबिन समिति गठन

काठमाडौं : नेपाल पर्यटन विभागले मकवानपुरको एक होटलमा ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरण छानविन गर्न समिति गठन गरेको छ। पर्यटन विभागको होटल शाखाले निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा बुधवार ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।

सदस्यमा होटल शाखाकै सदस्य सचिव तिलक रिजाल, पर्यटन प्रहरीका इन्स्पेक्टर अस्मिता कपाली रहेका छन्। समितिमा स्वास्थ्य मन्त्रालय र होटल एसोसिएसन(हान)का एक एक जना प्रतिनिधि पनि रहेका छन्।

समितिले छानविन अघि बढाइ सकेको संयोजक थापाले बताए। भने, ‘मुख्य गरी होटलले कुनै व्यवस्थाकीय कमीकमजोरी गरेनगरेकोबारे छानबिन गर्ने छ। यदि कमजोरी भेटिएमा होटल बन्दसम्म गर्छौ।’

फरेन्सिक रिपोर्ट पनि छानबिनका लागि अधार हुने उनले बताए।

नेपाल घुम्न आएका भारतस्थित केरलाका ८ जनाको मंगलवार राति मकवानपुरको एभरेस्ट पानारोमा होटलको कोठमा ग्यास हिटरमा गुम्सिएर मृत्यु भएको थियो। होटलले कुनै पनि व्यवस्थाकीय कमजोरी नगरेको दाबी गरेको छ।

होटलका म्यानेजर शिव केसीले पहिलोपोस्टसँग भने, ‘उहाँहरु होटलबाट रेस्टुरेन्ट १० बजेतिर गएका थिए। राति २ बजेसम्म दुई परिवार त्यही बसेछन्। अर्को एक परिवार चाँडै सुत्न गइसकेको थियो राति ठुलो हिटर जबरजस्ती गरेर लगेछन्। हामीले त्यो हिटर ठुलो हलमा मात्रै बाल्ने गरेका थियौ।’

होटलमा मंगलवार बिहान उनीहरु बेहोस अवस्थामा भेटिएका थिए।

उनीहरुलाई हेलिकप्टरमार्फत राजधानीको ह्याम्स अस्पताल ल्याइएको थियो। अस्पताल आइपुग्दा उनीहरुको मृत्यु भइसकेको अस्पतलाका इमर्जेन्सी इन्चार्ज डा कमल थापाले बताएका थिए। मृतकको शव पोस्टमार्टमका लागि मंगलबार नै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell