PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कृष्ण सिटौलाको दुखेसो : पार्टीमा मलाई कसैले साथ दिएनन्



प्रकाश भण्डारी

कृष्ण सिटौलाको दुखेसो : पार्टीमा मलाई कसैले साथ दिएनन्
फाइल फोटो

काठमाडौं :  कुनै समय गिरिजाप्रसाद कोइरालाको साथ पाएर पार्टीमा उचाई बनाएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिले आएर पार्टीमा आफू एक्लिएको गुनासो गरेका छन्।

द्वन्द्व अन्त्यका लागि सरकारका तर्फबाट वार्ता समितिमा भूमिका पाएपछि चर्चामा आएका सिटौला पछिल्लो समय पार्टीमा एक्लिन थालेको कार्यकर्ताबीच चर्चा चल्न थालेको त धेरै भइसकेको हो। तर, सिटौला आफैले भने यसबारे आफ्नो धारणा सार्वजनिक गरेका थिएनन्।

मंगलवार आफू समर्थित जिपी कोइराला फाउन्डेसनले राजधानीको बत्तीसपुतलीस्थित एक रेस्टुरेन्टमा आयोजना गरेको विचार गोष्ठीमा भने उनले मनको बह पोखे।

नेता तथा कार्यकर्ताले कांग्रेसमा महाभारतको कृष्ण बन्न आग्रह गरेपछि पूर्व महामन्त्रीसमेत रहेका सिटौलाले भने, 'साथीहरुले कृष्ण बन्न भन्नुभयो। तर म अहिले कृष्ण बन्न सक्दिनँ।'

महाभारतमा कृष्णलाई अर्जुनले सहयोग गरेको उल्लेख गर्दै उनले अहिले आफूलाई अर्जुनले साथ छाडेको बताए। 'कृष्ण बन्नलाई अहिले अर्जून छैन। यति भनेपछि कतिले बुझ्नुभयो अहिले मलाइ कसैको साथ छैन,' सिटौलाले यसरी पोखे दुखेसो।

१३ औं महाधिवेशनमा सिटौला सभापतिका उम्मेद्वार रहँदा उनको खेमामा युवा नेता गगन थापा महामन्त्रीका उम्मेद्वार थिए। अहिले नेता थापा कुन गुटमा छन भन्ने स्पष्ट छैन। उसो त नेता सिटौला पछिल्लो समय एक्लिँदै गएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहमा आएको बताइएको छ।

सभापति देउवाविरुद्ध रणनीति बनाउन पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको जिल्ला सभापतिहरुको भेलामा सिटौलाल हाल आफू पौडेल पक्षमा रहेको स्विकारेका थिए।

कांग्रेसको संसदीय दल कामै लागेन!

सिटौलाले काँग्रेसको स‌‍ंसदीय दल कामै नलाग्ने भएको आरोपसमेत लगाए। दुइ वर्षसम्म पनि नेपाली काँग्रेसको स‌ंसदीय दल कही कतै नदेखिएको र खोज्नुपर्ने अवस्था आएको भन्दै पार्टी सभापति देउवाप्रति आक्रोश प्रकट गरे।

'यो दुई वर्षसम्म त कांग्रेसको स‌ंसदमा कुनै भुमिका नै रहेन। खाली टुइटर चलाएर पार्टी चल्दैन', पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाइ लक्षित गर्दै उनले टुइटमात्र नगरी काम गर्न सुझाव दिए।

अहिले आन्तरिक कमजोरीका कारण पार्टी कमजोर रहेको उल्लेख गर्दै उनले इतिहासमै पहिलोपटक प्रतिपक्षले सरकारको नीति तथा कार्यक्रमको पूर्ण समर्थन गरेको बताए।

'यसले सरकारलाइ कति सजिलो भयो होला,' उनले भने, 'कांग्रेसले स‌ंसदमा खै जनताका आवाज उठाउन सकेको?'

काँग्रेसकै मौनताले अहिले लोकतन्त्र खतरामा परिरहेको भन्दै उनले नेतृत्वको चर्को आलोचना गरे।

'अहिलेको यो मौनता के को हो मैले त बुझ्न सकेको छैन। मान्छेले काँग्रेस कहाँ छ भनी खोजिरहेको छन्।

कम्युनिस्टले देश हाँक्न सक्दैन

सिटौलाले अदालतसमेत सरकारबाट प्रभावित हुन थालेको अरोप लगाए।

स‌‌ंबैधानिक निकायमा समेत सरकारले हस्तक्षप गर्दा लोकतन्त्र नै खतरामा रहेको उनको टिप्पणी थियो। सिटौलाले लोकसेवामा पनि सरकारले आफ्ना कार्यकर्ता भर्ती गर्ने खतरा बढेको बताए। 'लोकसेवा जस्तो निकायमा सरकारले कार्यकर्ता भर्ना गर्ने सम्भावना छ,' उनले भने।

'आफूलाई मन पर्ने मान्छेलाइ टप्पक टिपेर राख्ने परिपार्टी छ,' सिटौलाले भने, 'सरकार अहिले सबैतिर स‌ंविधान मिच्न लागेको छ।'

कम्युनिष्टले देश हाँक्न नसकेको दुइ वर्षमै प्रमाणित भएको सिटौलाको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell