PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

राष्ट्रिय सभामा कोरोनामाथि कवितादेखि हेलिकप्टर चार्टरसम्म, भाइरसमाथि कमला ओली र कोमल वलीको एउटै बोली



प्रकाश भण्डारी

राष्ट्रिय सभामा कोरोनामाथि कवितादेखि हेलिकप्टर चार्टरसम्म, भाइरसमाथि कमला ओली र कोमल वलीको एउटै बोली

काठमाडौं : आजको राष्ट्रिय सभा निर्धारित समयअनुसार दिउँसो १ बजे नै शुरु भयो। धारणा राख्न सांसदले शुन्य समय, विशेष समय र विधेयकमाथिको छलफलमा समय पाए।

शुन्य समयको सुरुमा उदय शर्मा पौडेलले जेष्ठ नागरिकले सार्वजनिक गाडीमा सुविधा नपाइरहेकोबारे ध्यानाकर्षण गराइन्। त्यसपछि कमलाकुमारी ओलीको पालो। ओलीले चीनमा नेपाली अलपत्र परेको धारणा राखिन्।

भनिन्,'चीनमा फैलिएको कोरोना भाइरसबारे हाम्रा नेपाली विद्यार्थीहरु एकदमै रोइरहेको अवस्था छ। यहाँ आउन नसकेको अवस्था,' ओलीले भनिन्, 'हुन त नेपाल सरकारले चार्टरबाट, हेलिकप्टरबाट ल्याइरहेको अवस्था छ।' उनले चीनबाट सरकारले हेलिकप्टर चार्टर गरेर नेपाली ल्याइरेहको बताइन्। लिखित मन्तव्यमै उनले यस्तो भनाई राखेकी हुन्।

अहिलेसम्म न त सरकारले विमानै चार्टर गरेर चीनमा रहेका नेपालीलाइ ल्याइसकेको छ न हेलिकप्टर नै चार्टर गरेर। तर ओलीले भने हेलिकप्टर चार्टर गरेर नै नेपाली ल्याइरहेको दाबी गरिन्। यता सरकारले हवाइजहाज चार्टर गरेर चीनमा कोरोना भाइरसदेखि त्रसित नेपाली ल्याउने जनाएको छ।

सांसद कोमल वलीले नेपालमा कोरोना भाइरस फैलिएको र यसलाई नियन्त्रणका लागि प्रयास के भइरहेको छ भनी प्रश्न गरिन्। भनिन्, ' कोरोना भाइरस फैलिरहेको भन्ने समाचार छ। कोरोना भाइरसको संक्रमित छन् भने नेपालमा के छ अवस्था? विद्यार्थीहरु ल्याइदै छ भने राख्ने व्यवस्था के छ? यसको निरोधात्मक उपाय के अपनाइदै छ? फैलन नदिने के उपाए आपनाइदै छ। म स्वास्थ मन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु।'

त्यसपछि शुरु भयो विशेष समय।

विषेश समयमा जितेन्द्र नारायण देव, रामप्रित पासवान, रामनारायण बिडारीलगायत सांसदले आफ्नो धारणा राखे। देवले राष्ट्रिय सभा र प्रतिनिध सभा समान नभएको भन्दै समान बनाउने केही उपाय सुझाए। उनले भने, 'देशका बुद्धीजिवीसमेत राष्ट्रिय सभाबारे खराब विचार बोकिएका छन्। उनीहरुलाई राष्ट्रिय सभाको महत्व बुझाउन सकिएन। राष्ट्रिय सभाको कामै छैन भनेर कतिले बुझिरहेका छन्।'

नियमित रुपमा राजनीतिक तथा समिति तहमा पत्रकार सम्मेलन गर्नुपर्ने, नियमावली संशोधन तथा सांसदहरुलाई उत्तरदायी बनाउनुपर्ने उनको सुझाव थियो।

यसपछि विषेश समयमा सांसद रामनारायण बिडारीले सधैकै जस्तो भाषण गर्ने हाउभाउसहित प्रस्तुत भए। उनको प्रस्तुति सधै झै रोचक। बिडारीले राष्ट्रिय अनुसन्धान आयोगको कामै नभएको आरोप लगाए। भने,'नेपालका महत्वपूर्ण दस्तावेज खै? १९५० को सन्धिको कागजात खै? नेपालका ऐतिहासिक मूर्ति चोरीको बारे केही थाहा छ यो संस्थालाई। यो त पुरनो भाषामा गुप्तचरी निकाय हो। यसले न गुप्तचरी गर्न सक्छ खाली शासकहरुको चाकडी गर्‍यो।'

अनुसन्धान आयोग नेताका नजिककाले जागिर खाने ठाउँ भएको भन्दै आक्रोश ब्यक्त गरे।

सांसद रामप्रित यादव कवितात्मक शैलीमा प्रस्तुत भए। सुरुमा कोरोना भाइरस संसारमा फैलिएको बताएका उनले कवितामार्फत भ्रष्टचार र कोरोनालाइ जोडे।

नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि
अनायास देख्दै छन् दण्डहिनता र भ्रष्टाचारमा वृद्धि
तरकारी बजारदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगीसक्यो,
शैसब कालमै सम्मृद्धिलाई कोरोना भाइरसले खाइसक्यो

सांसद् प्रकाश पन्थले वर्तमान अवस्थामा जटिल बन्दै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्ने गरि विधेयक नआएको टिप्पणी गरे। पछिल्लो समय मिडियामा आएका समाचारलाई मात्रै हेर्ने हो भने पनि मुलुकमा भ्रष्टाचार व्याप्त रहेको देखिएको उल्लेख गर्दे पन्थले ठूला भ्रष्टाचारीलाई नियन्त्रणमा लिएर कारवाही गर्न सक्ने ढंगले बलियो व्यवस्था विधेयकमा गरिनुपर्ने तर्क गरे।

सांसद ठगेन्द्र प्रकाश पुरीले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न ल्याएको विधेयकमा सरकारले स्वच्छता र निश्पक्षतालाई सम्बोधन गर्दे समाजमा अनुशासन कायम गर्नका लागि केही व्यवस्था थप र केही परिमार्जन गरि ल्याईएको बताए। सैद्धान्तिक छलफलमा उठेका सवालको सरकारको तर्फबाट जवाफ दिदै जनसंख्या र कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार सबै किसिमको भ्रष्टाचारको समुल अन्त्य गर्नेमा प्रतिवद्ध रहेको स्पष्ट पारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell