PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

प्रधान न्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदित



प्रकाश भण्डारी

प्रधान न्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं : संसदीय सुनुवाई समितिले कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधान न्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको छ।

बिहीवार प्रस्तावित प्रधान न्यायाधीश कार्कीले समितिमा आफ्नो कार्ययोजना पेश गरेका थिए। शुक्रवार उनलाई समितिका सांसदहरुले प्रश्न गरेका थिए।

सांसदहरुले कार्कीलाई नियुक्ति प्रक्रिया, अदालतमा बिचौलिया, उनको छोटो कार्यकाल लगायतका विषयमा प्रश्न गरेका थिए।

जवाफमा कार्कीले आफूले सबै प्रश्नको जवाफ दिन नसक्ने भन्दै इजलासका फैसला प्राज्ञिक रुपमा मात्रै आलोचना गर्न पाइने बताएका थिए।

सवाल-जवाफपछि समिति सभापति पशुपति शमशेर जबराले कार्कीलाई सर्वसम्मत रुपमा प्रधाना न्यायाधीशमा अनुमोदित गरेको घोषणा गरेका हुन्।

यससँगै कार्कीले छोटो समयका लागि सर्वोच्चको कमान्ड सम्हाल्ने भएका छन्।

पढ्नुस : बहालवाला न्यायाधीशबारे हरिकृष्ण कार्की : ‘इगो हर्ट’ भएर उजुरी दिने पनि छन्, त्यसबारे केही भन्न सक्दिनँ

सबै प्रश्नको जवाफ दिन नसक्ने भन्दै कार्कीले भने : मुद्दा कमजोर भएर आए हामीले के गर्ने? न्यायाधीश आफैँ साक्षी बन्न सक्दैन

कार्कीले समिति माथि नै प्रश्न उठाएपछि सांसदहरुले सोधे : तपाईंकै न्यायाधीशले उजुरी दिएका छन्, हामीमाथि प्रश्न उठाउने?

प्रस्तावित प्रधान न्यायाधीशलाई सुनुवाई समितिमा प्रश्न : न्याय छिटो पाउन के गर्नुपर्छ?, छोटो समयमा के गर्नुहुन्छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell