काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पुराना सरकारका केही कार्यक्रमलाई निरन्तरता दिएको छ भने केही नयाँ महत्त्वाकाङ्क्षी नारा अघि सारेको छ। संघीय संसद्को शुक्रबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति कार्यक्रममा पुराना सरकारले जस्तै गरिने छ र ल्याइने छ शब्दहरूको बहुलता छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रचण्ड सरकारले नीति तथा कार्यक्रमबाटै हटाएको छ।…
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार प्रतिनिधि सभामा लाल आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्ने आफ्नो धारणा भएको अभिव्यक्ति दिए। तर अदालतले प्रकाशित नगर्न भनेकाले सार्वजनिक नभएको दाबी थियो प्रचण्डको। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रतिवेदन सार्वजनिक नभएको बारे प्रश्न गरेका थिए। ‘७ वर्षपछि यहाँको नेतृत्वमा सरकार बनेको छ। थरुहटको आन्दोलनको जगमा उठेको उन्मुक्ति पार्टी पनि सरकारमा छ। सरकारले रिपोर्ट…
काठमाडौं : संसदमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० जना सांसदले प्रश्न सोध्ने भएका छन्। संसद नियमावलीमा एक दिनमा १५ जना सांसदले मात्र प्रश्न सोध्न पाउने नियम भएकोमा उक्त व्यवस्था निलम्बन गरिएको छ। यसअघि २० जनाले प्रश्नका लागि नाम दर्ता गरेकोमा १५ प्रश्न छनोट भएका थिए। तर सांसदले सहमति नजनाएपछि आज नियम निलम्बन भयो। नियम निलम्बन भएसँगै प्रधानमन्त्री प्रचण्डले प्रश्नोत्तर…
काठमाडौं : सोमवार जमलस्थित राष्ट्रिय नाचघरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइपुग्ने प्रचार थियो। ५९ औं विद्यार्थी दिवसको अवसरमा माओवादी सम्बद्ध चार विद्यार्थी संगठनले संयुक्त रुपमा आयोजित ‘विद्यार्थी दिवस र अबको बाटो’ कार्यक्रमका प्रमुख अतिथिका रुपमा निम्त्याइएका प्रचण्ड नाचघरको कार्यक्रममा पुगेनन्। उनले आफ्नो साटो पूर्व सभामुख अग्नि सापकोटालाई पठाए। कार्यक्रममा पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराई अतिथि बन्दा नेकपाका महासचिव नेत्रविक्रम चन्दले…
काठमाडौं : पूर्व सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझी पक्राउ परेपछि माओवादीबारे टिप्पणी गरेका छन्। सापकोटाले टोपबहादुर अवसरवादी मान्छे भएको उल्लेख गर्दै सधैं नयाँ दिल्ली बस्ने मान्छे भएकोसमेत आरोप लगाए। विद्यार्थी दिवस र अबको बाटो कार्यक्रममा नाचघरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सापकोटाले भने, 'टोपबहादुर कस्तो अवसरवादी मान्छे हो । सधै दिल्लीमा बस्ने।' माओवादीका उपाध्यक्षसमेत रहेका सापकोटाले माओवादीलाई थु थु गर्ने समय आएकोसमेत…
काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई हिरासत पुर्याइसकेको छ, नक्कली भुटानी शरणार्थी प्रकरणले। सचिव टेकनारायण पाण्डे पनि प्रहरी नियन्त्रणमै। यस प्रकरणका अर्को हाइ प्रोफाइल हुन् उनी। पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई त सुरुमै तानिए। हाइ प्रोफाइल अझै कतिको नाम आउने हो? हिसाब-किताब भइरहेकै छ। तर अहिले धेरैको चासोको विषय हो - प्रहरीको खोजी सूचीमा रहेका…
काठमाडौंः प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फरार सांसद टोपबहादुर रायमाझीको बिरामी बिदाको निवेदन पेश गर्ने व्यक्ति पहिचान गर्न संघीय संसद् सचिवायलाई पत्राचार गरेको छ। प्रहरीले फरार रायमाझीको हस्ताक्षरसहितको बिदा पेश भएकाले उक्त व्यक्ति पहिचानका लागि सचिवालयलाई पत्र लेखेको हो। सचिवालयले भने बिदा पेश भएको दिन वैशाख २५ गतेको सम्पूर्ण सीसीटीभी फुटेज प्रहरीलाई उपलब्ध गराएको छ। फरार अवस्थामा रहेका रायमाझीले संविधानको व्यवस्था…
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच वैशाख २० यता मात्रै पटक-पटक भेट भयो। एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट वैशाख २१ देखि हो, पछिल्लो भेटको श्रृङखला सुरु भएको। यस्तै भेटको शृङ्खला प्रचण्डसँग ओलीले पुस १० मा प्रधानमन्त्री बनाएपछि गठबन्धन नटुटुन्जेलसम्म जारी राखे। त्यो राजनीतिक भेटवार्ता भएकाले…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच संसदीय सुनुवाइ समितिका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मंगलवारको बैठकमा तीन नेताबिच संसदीय सुनुवाइमा रहने सदस्यबारे कुराकानी भएको हो। ‘संवैधानिक परिषदका विभिन्न विषयमा कुराकानी भएको छ,’ प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने। यस्तै संसदमा रहेका सत्य निरुपण विधेयक र…
काठमाडौं : पूर्व राष्ट्रपति विद्या भण्डारीले २ पटकसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण गरिनन्। राष्ट्रपतिको कदमले तत्कालीन सत्ता गठबन्धनलाई नै अप्ठेरोमा पार्यो त्यतिबेला। नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक साउन २९ मा संसदमै फिर्ता गरेकी थिइन भण्डारीले। पहिलो पटक संसदमा अध्ययनका लागि फिर्ता गर्न सक्ने व्यवस्था गर्न सक्ने भए पनि दोस्रो पटकमा प्रमाणीकरण गर्नैपर्ने बाध्यता थियो। तर त्यसलाई भण्डारीले…
काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा आरजु देउवाले आफ्नो नाम जोडेर अनेकन प्रश्न उठ्न थालेकोमा पुष्टि गर्न चुनौति दिएकी छिन्। संसदमा सम्बोधन गर्दै नेतृ राणाले आफ्नो नाम जोडेर अनेकथरी आरोप लागेको उल्लेख गर्दै 'मिसोजिनी' नगर्न आग्रह गरिन्। 'मेरो नाम जोडेर अनेकथरी प्रश्न उठेका छन्। आज पनि उठेको मैले पाएको छु। एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य नहुने…
काठमाडौं : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुरै फिल्म देखाउन माग गरेको छ। आइतवारको संसद बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई पुरै फिल्म देखाउन र्याखर्याखती पारेका हुन्। 'छानबिनको दायरामा ल्याउनु पर्छ। हामी फिल्म हेर्न टिकट काटेर बसेका छौ। प्रमले ट्रेलर मात्र हो भन्नू भएको छ,' एमाले प्रमुख सचेतक पदम गिरीले भने। प्रधानमन्त्री प्रचण्डले…
काठमाडौं : यस पटकको प्रतिनिधि सभा निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४२ दिन सरकारमा सहभागी भयो। पुस १० गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सभापति रवि लामिछाने उप प्रधानसहित प्रवेश गरे। गृह मन्त्रालयको जिम्मेवारी लिँदै सत्ता यात्रा सुरु भएको थियो रास्वपाको। लामिछानेको मन्त्री पद एक महिना (३३ दिन) टिक्यो। नागरिकता विवाद सम्बन्धि सर्वोच्च अदालतको माघ १३ गतेको फैसलाले…
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार फेरि सङ्कटमा परेको छ। प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार समर्थन फिर्ता लिएपछि सरकार अप्ठेरोमा परेको हो। वैशाख १० को निर्वाचनपछि रास्वपा सरकारमा सहभागी हुने नहुनेबारे अनिर्णीत रहँदै आएको थियो। तर शुक्रबारको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन ४ महिनापछि फिर्ता लिएको हो। पुस १०…
काठमाडौं: नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको पद मंगलवार निलम्बन भयो। २०७२ भदौमा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या अभियोग छ कोइरीमाथि। प्रतिनिधि सभामा एमालेबाट टिकट मात्रै पाएनन् अभियुक्त कोइरीले, महोत्तरी-१ बाट चुनाव नै जिते। माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गरेर सांसदको शपथ लिए उनले। शपथ लिएकै दिन साँझ पुस ७ मा प्रहरीले संसद् सचिवालयलाई पत्र लेख्यो, कोइरी फरार…
काठमाडौं : नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार आएको घन्टौं बितिसक्यो। उनी काठमाडौंमा छैनन्। गृह जिल्ला अर्घाखाचीमा आयोजित कार्यक्रममा प्रमुख अथितिका रुपमा थिए उनी जतिखेर पक्राउ पूर्जीको समाचार बाहिरियो। उनी आफैबारे सार्वजनिक भएका समाचारबारे बेखबर रहेको प्रतिक्रिया दिए। 'मलाई थाहा छैन। भुटानी शरणार्थीका नाममा गैर भुटानी शरणार्थी विदेश जानुपर्छ भन्ने मलाई…
काठमाडौं : सरकारले संघीय निजामती सेवा विधेयक ल्याउन उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको छ। बुधवार बसेको मन्त्रिपरिषदको बैठकले उक्त विभिन्न राजनीतिक दल र सरोकारवालासँग राय सुझाव लिन उक्त समिति गठन गरेको हो। 'सरोकारवालासँग छलफल गर्न उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा एउटा समिति रहने भन्ने निर्णय भएको छ,' बैठकमा सहभागी एक मन्त्रीले भने। मंगलवार र बुधवार दुई…
काठमाडौं : पछिल्लो समय नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफूलाई कालोझण्डा देखाइएको घटनाप्रति अत्यन्तै गम्भीर देखिएका छन्। ओलीमात्र होइन, नेकपा एमाले समेत उक्त घटनाबाट कतिसम्म झस्कियो भने तत्कालै संसदलाई जानकारी गरायो। गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझायो। पूर्व राजा ज्ञानेन्द्र शाहको चर्को आलोचना गर्न ओलीले कुनै कसर बाँकी राखेनन्। अघिल्लो साता र यसै साता पनि अधिंकाश कार्यक्रममा राजावादी र सत्तारुढ…
काठमाडौं : एमालेको समर्थनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बनेको सरकार छाड्ने पहिलो दल हो राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)। पुस १० मा बनेको नेकपा (एमाले)- नेकपा (माओवादी केन्द्र) सहितको ७ दलीय गठबन्धन सरकारबाट माघ २२ मै बाहिरियो रास्वपा, सरकारलाई दिएको समर्थन भने कायमै राखेर। पार्टी सभापति रवि लामिछानेको सांसद र मन्त्री पद सर्वोच्च अदालतको माघ १३ को फैसलासँगै गयो। पद गएपछि पनि …
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामा दुई पटक विश्वासको मत लिए। पुस २६ मा विश्वासको मत लिएका प्रचण्डले प्रधानमन्त्री हुँदा बनेको गठबन्धन कायम नरहेपछि चैत ६ मा फेरि विश्वासको मत लिए। पहिलो पटकमा २६८ र दोस्रो पटक १७२ सांसद प्रचण्डको पक्षमा उभिए। फागुन १३ मा राप्रपाले र फागुन १५ मा नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिए। तर,…