PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • एमालेको ‘रुट’मै रविले बजाइदिए घण्टी - टिङ, टिङ, टिङ...!

    एमालेको ‘रुट’मै रविले बजाइदिए घण्टी - टिङ, टिङ, टिङ...!

    काठमाडौं: स्थानीय तह निर्वाचनको परिणापछि नेकपा (एमाले)को दाबी थियो- पहिलो पार्टी बन्ने। कसरी त? ‘स्थानीय चुनावमा केही सिट कम जिते पनि लोकप्रिय मतका आधारमा पहिलो पार्टी एमाले नै हो,’ प्रतिनिधि सभाको २०७९ जेठ १२ को बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तर्क गरेका थिए। हारेका उम्मेदवारले समेत पाएको मतलाई जोडेर एमालेले लोकप्रिय मतमा आफूलाई पहिलो दाबी गरिरहेको थियो। कांग्रेस - माओवादी…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीलाई तलब दिन धौधौ भइरहँदा कांग्रेस सांसदले अर्थमन्त्रीसँग राखे सांसद विकास कोष ब्युँताउने माग

    कर्मचारीलाई तलब दिन धौधौ भइरहँदा कांग्रेस सांसदले अर्थमन्त्रीसँग राखे सांसद विकास कोष ब्युँताउने माग

    काठमाडौं : नेपाली कांग्रेसका सांसदहरुले सांसद विकास कोष ब्युँताउन लबिङ सुरु गरेको छन्। कांग्रेसका सांसदले अर्थमन्त्री डा.प्रकाश शरण महतलाई सांसद विकास कोषलाई ब्युँताउने नीति तथा कार्यक्रममै ल्याउन माग गरेका हुन्। सोमवार र मंगलवार नेपाली कांग्रेसको संसदीय दलमा अर्थमन्त्री महतले सांसदहरुसँग सुझाव मागेका थिए। कांग्रेसका सांसद पुष्प शाहले सांसद विकास कोष जसरी पनि ब्युँताउन भन्दै अर्थमन्त्रीलाई सुझाव दिएको जानकारी दिए। भने,'निर्वाचन क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारबारे उजुरी गर्नेलाई उल्टै कडाइ : बेनामी सूचना दिने मिल्ने ठाउँमा अब नागरिकता चाहिने!

    भ्रष्टाचारबारे उजुरी गर्नेलाई उल्टै कडाइ : बेनामी सूचना दिने मिल्ने ठाउँमा अब नागरिकता चाहिने!

    काठमाडौं : भ्रष्टचारबारे उजुरी गर्न नागरिकता चाहिने व्यवस्था गर्नुपर्ने माग सांसदहरुले गरेका छन्। प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ र रमा कोइराला पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयकमा संशोधन दर्ता गर्दै उक्त व्यवस्थाको माग गरेका हुन्। यसअघि नाम गोप्य राखेरै पनि भ्रष्टचारबारे उजुरी दिन सकिने व्यवस्था भए पनि अब भने नागरिकता नै चाहिने व्यवस्थाका लागि विधेयकको दफा ९ मा संशोधन गर्न…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनले उदाङ्गो पारेको दलहरुको छवि : नयाँ नेता झन् अराजक, पुरानाको बिग्रिएको पारा उस्तै

    उपनिर्वाचनले उदाङ्गो पारेको दलहरुको छवि : नयाँ नेता झन् अराजक, पुरानाको बिग्रिएको पारा उस्तै

    काठमाडौं : आइतवार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचन केही तनावपूर्ण रह्यो। हिसांत्मक घटना नभए पनि स्थिति सामान्य भने रहेन। बारा-२ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) र जनमत पार्टीको टकरावका दृश्य चुनाव प्रचारकै बेलादेखि चर्चामा थिए। आइतवार पनि त्यसले निरन्तरता पायो। जनमतका अध्यक्ष डा सिके राउतले जसपाले धाँधली गरेको आरोप लगाए। जसपा र जनमतका कार्यकर्ताबिच चुनाव प्रचारकै बेला घम्साघम्सी भएको थियो। चितवन-२…

    विस्तृतमा पढ्नुस्

  • निजी क्षेत्रलाई अख्तियारको अधिकार क्षेत्रबाट बाहिर राख्ने प्रमुख दलको संशोधन, हदम्याद हटाउने प्रस्ताव

    निजी क्षेत्रलाई अख्तियारको अधिकार क्षेत्रबाट बाहिर राख्ने प्रमुख दलको संशोधन, हदम्याद हटाउने प्रस्ताव

    काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्र बढाउने गरी राष्ट्रिय सभाले पारित गरेको विधेयकको व्यवस्था हटाउन प्रमुख दलहरुले संशोधन दर्ता गरेका छन्। राष्ट्रिय सभाले निजी क्षेत्रमा समेत अख्तियारले अनुसन्धान र मुद्दा चलाउने गरी पब्लिक कम्पनीलाई समेत अख्तियारको अधिकार क्षेत्रभित्र ल्याएको थियो। तर, प्रतिनिधि सभामा अधिकांश दलहरुले उक्त व्यवस्था हटाउन संशोधन दर्ता गरेका छन्।  राष्ट्रिय सभाबाट पारित विधेयकको सो व्यवस्था हटाउन निजी…

    विस्तृतमा पढ्नुस्

  • चुनाव कि प्रतिष्ठाको लडाइँ? कांग्रेस, एमाले, रास्वपा र जसपा भिड्दा हर्ष न विस्मातमा माओवादी - समाजवादी

    चुनाव कि प्रतिष्ठाको लडाइँ? कांग्रेस, एमाले, रास्वपा र जसपा भिड्दा हर्ष न विस्मातमा माओवादी - समाजवादी

    काठमाडौं: तीन सिटका लागि भएको उपनिर्वाचनका घटनाले राष्ट्रिय राजनीति नै तरंगित भयो।  नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जित्नैपर्ने दबाबमा देखिए। तीनै दलले वैशाख १० को चुनावलाई प्रतिष्ठाको विषयमात्रै बनाएनन् अराजनीतिक होडबाजीमै उत्रिए। रातारात दल त्यागेर उम्मेदवार हुनेदेखि आरोप प्रत्यारोपको घटनाले राजनीति थप धुमिल हुन पुग्यो। सत्ता गठबन्धनलाई साख जोगाउनैपर्ने चुनौती पनि छ। कांग्रेस-एमालेलाई धक्का…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन कानुनको धज्जी उडाइरहेका प्रचण्ड, यी घटनाबाट पनि सच्चिएनन्

    निर्वाचन कानुनको धज्जी उडाइरहेका प्रचण्ड, यी घटनाबाट पनि सच्चिएनन्

    काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बोलीकै कारण आलोचित हुने नेतामा पर्छन्। ‘कम बोल्ने र धेरै काम गर्ने’ वाचा नै गरेर प्रधानमन्त्रीको तेस्रो कार्यकाल सुरु गरेका थिए उनले यसपटक। तर विवादले भने प्रचण्डलाई छाडेन। द्धन्द्वकालमा मारिएकोमाध्ये ‘५ हजार मारेको जिम्मा लिन्छु’ भनेकै कारण प्रचण्डले तीन वर्षपछि पनि डिफेन्सिभ हुनु परिरहेको छ। चुनावका बेलामा समेत प्रचण्ड कार्यकारी पदको वास्तै नगरी बोलिरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • संसद् नियमावली पारितः ढ्यापढ्यापे बन्यो आकस्मिक समय, सांसदले मान्नुपर्ने नियममा के के भयो परिवर्तन?

    संसद् नियमावली पारितः ढ्यापढ्यापे बन्यो आकस्मिक समय, सांसदले मान्नुपर्ने नियममा के के भयो परिवर्तन?

    काठमाडौं: प्रतिनिधि सभाको अधिवेशन सुरु भएको ३ महिनापछि कार्यसञ्चालन नियमावली बनेको छ। मंसिर ४ मा निर्वाचन भएपछि संसद्को अधिवेशन पुस २५ गतेका लागि आह्वान भएको थियो। पुरानै नियमावलीअनुसार बैठक सञ्चालन भइरहेकोमा माघ १० गते २१ सदस्यीय नियमावली मस्यौदा समिति बनेको थियो। उक्त समितिले फागुन १० मा प्रतिनिधि सभामा छलफलका लागि नियमावली पेश गरेको थियो। लामो समयको छलफलपछि सांसदहरूको संशोधनलाई समेटेर…

    विस्तृतमा पढ्नुस्

  • के नागरिकताकै कारण रवि लामिछाने उपनिर्वाचनमा उम्मेद्वार बन्न पाउँदैनन्?

    के नागरिकताकै कारण रवि लामिछाने उपनिर्वाचनमा उम्मेद्वार बन्न पाउँदैनन्?

    काठमाडौं : रवि लामिछाने चितवन २ बाट पुन: चुनावी मैदानमा उत्रन लागेका छन्। नागरिकता मुद्दाका कारण सांसद पद खारेज भएपछि सत्तासमेत गुमाएका लामिछाने पुन चुनावी मैदानमा उत्रन लागेका हुन्। लामिछानेले उम्मेदवारी घोषणा गर्नुअघि नै एकको बदला तीन लिएर संसद छिर्ने दाउमा लागेका छन्। 'मेरा गोडामा काँडा बिझेका थिए। म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन। अब स्वर्णिम दिनहरु आउने…

    विस्तृतमा पढ्नुस्

  • सत्ता पक्षलाई नै आश्वस्त पार्न नसकेपछि ४० मिनेट केरकारमा गृहमन्त्री नारायणकाजी

    सत्ता पक्षलाई नै आश्वस्त पार्न नसकेपछि ४० मिनेट केरकारमा गृहमन्त्री नारायणकाजी

    काठमाडौं : सरकारलाई अहिले टाउको दुखाइको विषय बनेको छ मिटरब्याज पीडितको आन्दोलन। पैदलै काठमाडौं आएका मिटरब्याज पीडितलाई सरकारले आश्वासनको पोका दिएर थम्थमाइ त सकेको छ, तर समाधान के हो यसको छेउटुप्पो भेउ पाएको छैन। कानुन संशोधन र आयोग बनाउने निर्णयमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको छैन, र्‍यापिड शैलीमा कारवाही गर्ने वाचा पनि गरेको छ। प्रचण्डले शनिवार पीडितलाई बालुवाटारमा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड सरकारको अपूर्ण चक्र: फेरियो गठबन्धन फेरिएन नियति

    प्रचण्ड सरकारको अपूर्ण चक्र: फेरियो गठबन्धन फेरिएन नियति

    काठमाडौं: सत्ता गठबन्धनमा जति धेरै दल छन्, त्यति धेरै असन्तुष्टि पनि। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई टालटुल पार्न नखोजेका होइनन्, तर बेलाबेलामा छरपस्ट भइरहन्छन् नै। किचलोको असर कतिसम्म पर्‍यो भने, चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएर चैत १० गते मन्त्रिपरिषद् विस्तारको तयारी गरेका प्रचण्डले थप एक हप्ता कुर्नुपर्‍यो। नेताका कोठा चोटामा भएका छलफलले पनि तत्कालै पार्टीभित्र आकांक्षी व्यवस्थापन गर्न…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेलाई हराउने जीतनारायणको दाबी : मंसिरमा हावाहुरी ल्याउने मान्छे पहिचान खोज्दैछन्, मंसिरको परिणाम उल्टिन्छ

    रवि लामिछानेलाई हराउने जीतनारायणको दाबी : मंसिरमा हावाहुरी ल्याउने मान्छे पहिचान खोज्दैछन्, मंसिरको परिणाम उल्टिन्छ

    काठमाडौं : नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठले चितवन २ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पराजित हुने दाबी गरेका छन्। नेपाली कांग्रेसले आफूलाई उम्मेदवार तय गरेपछि श्रेष्ठले यस क्षेत्रमा आफ्नो जित पक्का भएकोसमेत बताए। २७ वर्षदेखि आफू कांग्रेसमा लागेको उल्लेख गर्दै श्रेष्ठले आफ्नो जित निश्चित भएको दाबी गरे। 'त्यहाँको म धर्तीपुत्र हुँ। म ५२ सालदेखि कांग्रेसको होलटाइमर…

    विस्तृतमा पढ्नुस्

  • विधेयक र नियमावलीबारे सभामुख घिमिरेको प्रधानमन्त्रीसँग वार्ता, के-के भयो छलफल?

    विधेयक र नियमावलीबारे सभामुख घिमिरेको प्रधानमन्त्रीसँग वार्ता, के-के भयो छलफल?

    काठमाडौं : सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान भेट भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। सरकारी निवासमा सरेयता सभामुखले प्रधानमन्त्रीसँग औपचारिक भेट गरेका थिएनन्। भेटवार्तामा प्रतिनिधि सभालाई प्रभाकारी रुपमा सञ्चालन गर्नेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। नियमावलीको लफडा चैत ५ गतेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड सरकार ३ महिनासम्म पनि भएन पूर्ण, किन रोकिएको छ मन्त्रिपरिषद् विस्तार?

    प्रचण्ड सरकार ३ महिनासम्म पनि भएन पूर्ण, किन रोकिएको छ मन्त्रिपरिषद् विस्तार?

    काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएको भोलिपल्टै पुस ११ गते ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरे। तीन उपप्रधानमन्त्री थिए - नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र रवि लामिछाने। ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई नेकपा (एमाले) बाट तथा अब्दुल खान जनमत पार्टीबाट बिना विभागीय मन्त्री बने। संविधानअनुसार २५ सदस्यीयसम्म बन्न सक्ने मन्त्रिपरिषदमा १८ मन्त्रीको पद…

    विस्तृतमा पढ्नुस्

  • सत्ताको चक्करमा रनभुल्ल प्रचण्ड, तीन महिनाको शून्य उपलब्धि, झन् झन् अस्थिरता

    सत्ताको चक्करमा रनभुल्ल प्रचण्ड, तीन महिनाको शून्य उपलब्धि, झन् झन् अस्थिरता

    काठमाडौं: प्रधानमन्त्री भएको ५ दिनपछि पुष्पकमल दाहाल प्रचण्डको भनाइ थियो -भाषण कम, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु। ‘जति काम गर्छु राम्रो मात्रै गर्छु। मेरा लागि परीक्षा पनि हो। उत्तीर्ण हुनैपर्छ,’ प्रचण्ड वाचा गरेरै मैदानमा उत्रिए। ‘जनताको सेवा गर्ने’ अभिव्यक्ति दिएका प्रचण्डका गतिविधि भने नेताको सेवामा केन्द्रित छन्, कहिले एमालेका त कहिले कांग्रेसका नेतासँगको वार्तामै अधिकांश समय गुजारेर। समीकरण…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनभित्रै उपगठबन्धन बनाउन तीन दल सक्रिय, किन गरिरहेका छन् प्रचण्डले नै मोर्चाबन्दी?

    गठबन्धनभित्रै उपगठबन्धन बनाउन तीन दल सक्रिय, किन गरिरहेका छन् प्रचण्डले नै मोर्चाबन्दी?

    काठमाडौं: सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउन सत्तारुढ दल नै सक्रिय भएका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) बीच मोर्चाबन्दी गर्न नेताहरू संवादमा जुटेका हुन्। बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल लगायतका नेतासँग जसपाका नेता राजेन्द्र श्रेष्ठ, गोविन्द चौधरी लगायतले छलफल गरेका हुन्। समाजवादी मोर्चा बनाएर अघि बढ्न छलफल…

    विस्तृतमा पढ्नुस्

  • विश्वासमै झल्किएको अविश्वास, वैशाखमै देखाउनुपर्ला त प्रचण्डले तेस्रो पटक बहुमत?

    विश्वासमै झल्किएको अविश्वास, वैशाखमै देखाउनुपर्ला त प्रचण्डले तेस्रो पटक बहुमत?

    काठमाडौं: मध्य पुसमा सत्ताको भर्‍याङ चढ्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ थियो -१६८ सांसदको। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको सम्बन्धलाई न्यानो बनाइरहन गरेका पटक-पटकका ‘छत’ र ‘सुन्तला’ वार्ता सफल भएनन्। पुस १० देखि फागुन १२ सम्ममात्रै टिक्यो प्रचण्ड- ओली सम्बन्ध। फागुन १३ को राष्ट्रपति उम्मेदवारी मनोनयनका सम्बन्धमै दरार आयो, पुस १० को ७…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले प्रधानमन्त्रीमा दोस्रोपटक पाए विश्वासको मत, अघिल्लो पटकभन्दा ९६ कम

    प्रचण्डले प्रधानमन्त्रीमा दोस्रोपटक पाए विश्वासको मत, अघिल्लो पटकभन्दा ९६ कम

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक पनि प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले यसअघि पुस २६ गते संसदबाट विश्वासको मत पाएका थिए। प्रचण्डले त्यतिबेला प्रमुख दल नेपाली कांग्रेससहित ६८ जना सांसदको मत पाएका थिए। त्यतिबेला २७० सांसद उपस्थित रहेकोमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने विपक्षमा मतदान…

    विस्तृतमा पढ्नुस्

  • ओली - नेपाल अनुपस्थित राष्ट्रपतिको चियापान, रामचन्द्र छिरेपछि शितल निवासमा के छ फरक?

    ओली - नेपाल अनुपस्थित राष्ट्रपतिको चियापान, रामचन्द्र छिरेपछि शितल निवासमा के छ फरक?

    काठमाडौं : बिहानै शितल निवास प्रवेशको लाइन थियो। राष्ट्रपति रामचन्द्र पौडेलको निम्तो मान्न शितल निवास पुगेका थिए, संघ र प्रदेशका सांसद। कडा सुरक्षा जाँचपछि प्रवेश पाए सांसदले। शितल निवासमा कडा सुरक्षाजाँच हुन्छ नै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा पनि  कमी आएन। भित्र छिरेपछि सांसद सिधै टेण्टमा पुगे। पाल टाँगेको ठाउँमा सांसद र अघिल्लोतिर थिए राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षको…

    विस्तृतमा पढ्नुस्

  • चियापानमा सांसदहरुलाई राष्ट्रपति पौडेलले भने : जनताले राष्ट्रपतिबाट अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति सचेत छु

    चियापानमा सांसदहरुलाई राष्ट्रपति पौडेलले भने : जनताले राष्ट्रपतिबाट अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति सचेत छु

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति आफू सदैव सचेत रहेको बताएका छन्। शितल निवासमा आयोजित चियापान कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति पौडेले जनताको अपेक्षाप्रति भविष्यमा पनि सचेत रहने बताए। संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो अबको प्रमुख दायित्व र कर्तव्य हुने भन्दै पौडेलले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell