PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

रवि लामिछानेलाई हराउने जीतनारायणको दाबी : मंसिरमा हावाहुरी ल्याउने मान्छे पहिचान खोज्दैछन्, मंसिरको परिणाम उल्टिन्छ



प्रकाश भण्डारी

रवि लामिछानेलाई हराउने जीतनारायणको दाबी : मंसिरमा हावाहुरी ल्याउने मान्छे पहिचान खोज्दैछन्, मंसिरको परिणाम उल्टिन्छ

काठमाडौं : नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठले चितवन २ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पराजित हुने दाबी गरेका छन्। नेपाली कांग्रेसले आफूलाई उम्मेदवार तय गरेपछि श्रेष्ठले यस क्षेत्रमा आफ्नो जित पक्का भएकोसमेत बताए।

२७ वर्षदेखि आफू कांग्रेसमा लागेको उल्लेख गर्दै श्रेष्ठले आफ्नो जित निश्चित भएको दाबी गरे। 'त्यहाँको म धर्तीपुत्र हुँ। म ५२ सालदेखि कांग्रेसको होलटाइमर कार्यकर्ता हुँ। जितनारायण जुनसुकै पार्टीको भए पनि यहाँको जनताले सुखदुखमा बोल्छन् भनेर चिन्छन्,' श्रेष्ठले भने।

अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट लामिछाने निर्वाचित भएका थिए। लामिछाने पुन चुनावी मैदानमा उत्रने तयारीमा छन्। कतिपयले लामिछाने नै पुन निर्वाचित भएर आउने दाबी गरिरहेका प्रश्नमा श्रेष्ठले परिणाम उल्टने बताए। 'मंसिरको चुनाव हावाहुरी थियो। त्यो हावाहुरी जसले लिएर आयो त्यो मान्छे अहिले आफै जनताको बिचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भन्ने परिस्थिति बनेको छ। कहिले कसलाई समर्थन गरेको छ कहिले कसलाई समर्थन गरेको छ। भोट हालेको कारण पनि खुलाउनु परेको छैन,' श्रेष्ठले भने, 'समर्थन किन गरेको भन्ने पनि खुलाउनु नपरेको। आफूलाई मनलाग्दी निर्णय गरेको छ चितवन सचेत जनता भएको ठाउँ हो। मंसिरदेखि यो बीचको गतिविधिलाई यहाँका जनताले नियाल्नुभएको छ। उल्टो परिणाम आउँछ मंसिरमा भन्दा।'

आफू गठबन्धनको साझा उम्मेदवार भएकाले जित पक्का भइसकेको उनको भनाई थियो। 'म कांग्रेसका तर्फबाट उम्मेद्वार भएकाले गठबन्धनको साथ हुन्छ। साझा उम्मेवार मै हुँ,' श्रेष्ठले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell