PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चियापानमा सांसदहरुलाई राष्ट्रपति पौडेलले भने : जनताले राष्ट्रपतिबाट अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति सचेत छु



प्रकाश भण्डारी

चियापानमा सांसदहरुलाई राष्ट्रपति पौडेलले भने : जनताले राष्ट्रपतिबाट अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति सचेत छु
फोटो : PMO

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति आफू सदैव सचेत रहेको बताएका छन्। शितल निवासमा आयोजित चियापान कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति पौडेले जनताको अपेक्षाप्रति भविष्यमा पनि सचेत रहने बताए।

संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो अबको प्रमुख दायित्व र कर्तव्य हुने भन्दै पौडेलले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निस्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण समेत गरे।

उनले भने, ‘नेपालको राष्ट्रिय एकता प्रवर्द्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा नवनिर्देशक सिद्धान्त हुनेछन्। राष्ट्रपतिका कम कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानबमोजिम मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु।’

संविधान निर्माण गर्ने प्रकृयामा समेत सहभागी भएर काम गर्ने अवसर प्राप्त गरेको कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम कर्तव्य र अधिकारप्रति आफू सचेत भएको उनको भनाइ थियो। वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने उनले प्रण समेत गरे।

‘यो संविधानले नेपालका तमाम् जनतालाई असीम अधिकार प्रदान गरेको छ। यसलाई जगेर्ना गर्दै राष्ट्रलाई स्थायित्व दिने हामी सबैको कर्तव्य हो। किनभने पटक-पटकका नयाँ-नयाँ प्रयोग नेपालले धान्न पनि सहज नहोला,’ उनले भने।

नवनिर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मनोभावनालाई अंहिकार गरी शासन संचालन गर्दा व्यक्तिमात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास खोज्दै जाने कुरामा सबै सचेत हुनुपर्ने उनले बताए। लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्थाहरु बलिया र कानुनसंवत् नभए त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ सधैँ सजह रहन जरुरी रहेको उनको भनाइ थियो।

पौडेलले भने, ‘नेपालमा अहिले पनि थुप्रै चुनौतिहरु छन्। कोभिड महामारीपछि विश्वव्यापीरुपमा देखिएका आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको छ। संक्रमणकालिन न्यायको व्यवस्थापछि आर्थिक क्षेत्रमा देखिन थालेका असर एवं जलवायु परिवर्तनले देखा पर्न थालेका असरहरुको न्यूनिकरण तथा नागरिकका उपलब्धिहरुको रक्षा जस्ता विषयमा राष्ट्रय सहमति र राष्ट्रिय एकताको आवश्यकता मैले देखेको छु।’

प्राप्त राजनीतिक उपलब्धिलाई सदुपयोग गर्दै पूर्ण आर्थिक सामाजिक रुपान्तरणमा ध्यान दिन नसक्दा अन्ततः प्राप्त उपलब्धिमाथि नै प्रहार हुन सक्ने तर्फ सबै गम्भिर हुन आवश्यक रहेको उनले बताए। अबको हाम्रोबाटो दीगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ संघीय सरकार तथा संघीय संसद्का सांसदहरु र प्रदेश सरकार तथा प्रदेश सरकारका सांसदहरुको सकारात्मक भूमिकाको अपेक्षा आफूले गरेको पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell