PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्डले प्रधानमन्त्रीमा दोस्रोपटक पाए विश्वासको मत, अघिल्लो पटकभन्दा ९६ कम



प्रकाश भण्डारी

प्रचण्डले प्रधानमन्त्रीमा दोस्रोपटक पाए विश्वासको मत, अघिल्लो पटकभन्दा ९६ कम

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक पनि प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले यसअघि पुस २६ गते संसदबाट विश्वासको मत पाएका थिए।

प्रचण्डले त्यतिबेला प्रमुख दल नेपाली कांग्रेससहित ६८ जना सांसदको मत पाएका थिए। त्यतिबेला २७० सांसद उपस्थित रहेकोमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने विपक्षमा मतदान गरेका थिए।

यसपटक भने प्रचण्डले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको मत पाएन। उपस्थित २६२ सांसदमध्ये प्रचण्डले पक्षमा १७२ मत पाउँदा विपक्षमा ८९ मत पाए। यसपटक जनमोर्चाका केसीले मत दिँदा नेमकिपाका प्रेम सुवालले मत दिएनन्।

राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्नसाथ राप्रपा र एमाले गठबन्धनबाट बाहिरिएको थियो। राष्ट्रपतिमा नेपाली कांग्रेका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् भने उपराष्ट्रपतिमा गठबन्धनबाटै जसपाका रामसहायप्रसाद यादव निर्वाचित भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell