PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

टोपबहादुरको बिरामी बिदा पेश गर्ने व्यक्ति प्रहरीको खोजीमा, संसदसँग माग्यो सीसीटीभी फुटेज



प्रकाश भण्डारी

टोपबहादुरको बिरामी बिदा पेश गर्ने व्यक्ति प्रहरीको खोजीमा, संसदसँग माग्यो सीसीटीभी फुटेज

काठमाडौंः प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फरार सांसद टोपबहादुर रायमाझीको बिरामी बिदाको निवेदन पेश गर्ने व्यक्ति पहिचान गर्न संघीय संसद् सचिवायलाई पत्राचार गरेको छ। प्रहरीले फरार रायमाझीको हस्ताक्षरसहितको बिदा पेश भएकाले उक्त व्यक्ति पहिचानका लागि सचिवालयलाई पत्र लेखेको हो। 

सचिवालयले भने बिदा पेश भएको दिन वैशाख २५ गतेको सम्पूर्ण सीसीटीभी फुटेज प्रहरीलाई उपलब्ध गराएको छ। 

फरार अवस्थामा रहेका रायमाझीले संविधानको व्यवस्था छल्न बिरामी बिदाको निवेदन पठाएका थिए। लगातार दश बैठकसम्म सूचना बिना अनुपस्थित भएमा सांसद पद रिक्त हुने संविधानमा व्यवस्था छ। 

फरार अवस्थामा संसदमा निवेदन पठाएपछि प्रहरीले निवेदन दर्ताका लागि आएका व्यक्तिको खोजी थालेको हो। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने समूहका योजनाकार रहेको आरोपमा प्रहरीले रायमाझीलाई पक्राउको अनुमति अदालतबाट लिइसकेको छ। अदालतबाट पक्राउ पुर्जी लिएपछि उनी फरार छन्। 

फरार अवस्थामा नै वैशाख २५ गते उनले बिदा पठाएका हुन्। आफू बिरामी भएकाले उपचाररत रहेको जानकारीसहितको बिदा उनले सभामुख देवराज घिमिरेलाई पठाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell