PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

काठमाडौंमा पूर्व सहयात्रीले पक्राउ पूर्जी जारी गराउँदा गृह जिल्लामा स्वागत थापिरहेका टोपबहादुर, भन्छन् : अहिलेसम्म फोन आएको छैन, म फर्किएँ



प्रकाश भण्डारी

काठमाडौंमा पूर्व सहयात्रीले पक्राउ पूर्जी जारी गराउँदा गृह जिल्लामा स्वागत थापिरहेका टोपबहादुर, भन्छन् : अहिलेसम्म फोन आएको छैन, म फर्किएँ

काठमाडौं : नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार आएको घन्टौं बितिसक्यो। उनी काठमाडौंमा छैनन्। गृह जिल्ला अर्घाखाचीमा आयोजित कार्यक्रममा प्रमुख अथितिका रुपमा थिए उनी जतिखेर पक्राउ पूर्जीको समाचार बाहिरियो। 

उनी आफैबारे सार्वजनिक भएका समाचारबारे बेखबर रहेको प्रतिक्रिया दिए। 

'मलाई थाहा छैन। भुटानी शरणार्थीका नाममा गैर भुटानी शरणार्थी विदेश जानुपर्छ भन्ने मलाई थाहा पनि छैन। त्यो गर्ने कुरा पनि भएन,' रायमाझीले पहिलोपोस्टसँग टेलिफोनमा भने।

तपाईँलाई पक्राउ पुर्जी नै जारी भयो। प्रहरीले फोन गर्‍यो होला नि?

हाम्रो प्रश्न स्वभाविक नै थियो। किनभने प्रहरीले बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेर तीन दिन थुनामा राख्न आदेश पाइसकेको छ। रायमाझी र पाण्डे नै जोडिएका शरणार्थी प्रकरणमा। हाम्रो प्रश्नमा रायमाझीको जवाफ भने अलि अनौठो रह्यो।

'अहँ अहिलेसम्म केही फोन आएको छैन। अब कार्यक्रमबाट म फर्किएँ,' उनले भने।

संयोग नै मान्नुपर्छ, नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको यस प्रकरणमा उनको नाम मुछिँदा प्रधानमन्त्री र गृहमन्त्री उनकै पूर्व पार्टीका अध्यक्ष र उपाध्यक्ष छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध चिसिएपछि एमालेमा सक्रिय भएका छन् रायमाझी। नेकपा विवादले माओवादी एमाले विभाजित हुँदादेखि नै उनी एमालेतिर ओत लागिरहेका छन्। 

गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उनका पूर्व सहयात्री नै हुन्। रायमाझीका छोरा सन्दीप पनि उक्त प्रकरणमा जोडिएका छन्। पूर्व माओवादीहरु एमालेभित्र असन्तुष्ट हुँदा चर्चा भइहाल्छ- 'प्रचण्डसँग वार्ता गरे पूर्व माओवादीले' भन्दै। पूर्व माओवादी पृष्ठभूमिबाट एमाले बनेकामध्ये बलियो जनमत भएका नेतामा गनिन्छन् रायमाझी। यस प्रकरणले भने रायमाझीप्रति एमालेले शंका गर्न छाड्ने छ तर जोगाउन चाहिँ? जवाफ जटिल छ।

आफ्नो निर्वाचन क्षेत्रमा उनी लगातार जित्दै आएका छन्। बाबुराम भट्टराई माओवादी केन्द्रमा रहँदा उनी 'बाबुरामका मान्छे'का रुपमा चिनिए। नेकपा विवादका बेलामा प्रचण्डले रायमाझी, रामबहादुर थापा बादल लगायतका नेतालाई माओवादीमै फर्काउन कसरत नगरेका होइनन्। महिनौंसम्म सांसदबाट हटाएको थिएन माओवादीले त्यतिबेला पनि। बरु पार्टीका बैठकबाट पटक पटक आह्वान गरेको थिए आफ्नै पार्टीमा फर्कन भन्दै। तर, रायमाझी लगायतका नेताले सांसद पदको माया मारेर एमाले नै बने। अहिले पूर्व पार्टीका अध्यक्ष प्रचण्डको सरकार रहेका बेलामा टोपबहादुरलाई पक्राउ पुर्जी जारी भएको घटनाले एमाले र माओवादीले भने कसरी लिने हो त्यो भने हेर्न बाँकी नै छ।

सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्‍न अनुमति

शरणार्थी प्रकरणमा सचिव टेकनारायणको नगदमै लेनदेन !, बादलका छोरा पनि खोजीको सूचीमा

एमाले सांसद टोपबहादुर रायमाझी र उनका छोरा प्रहरीको खोजी सूचीमा, शरणार्थी काण्डमा तानिँदै नेता कर्मचारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell