PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्‍न अनुमति



पहिलोपोस्ट

सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्‍न अनुमति

काठमाडौं : जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएपछि समातिएका उप राष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे तीन दिन हिरासतमा बस्ने भएका छन्। अनुसन्धानको लागि तीन दिन हिरातसमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको हो।

उनलाई आज काठमाडौं प्रहरी परिसरमा नियन्त्रणमा लिएको थियो। भुटानी शरणार्थीका नाममा नक्कली व्यक्तिलाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएपछि बहालवाला सचिवलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो। प्रहरीले पक्राउका लागि अनुमति पाएलगत्तै पाण्डे आफैँ प्रहरीकहाँ पुगेका हुन्। उनी पूर्व गृह सचिव समेत हुन्।

हिजोमात्रै पूर्व गृह मन्त्री रामबहादुर थापा बादलका सल्लाहकार डा इन्द्रजीत राई यही पक्ररणमा पक्राउ परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell