PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

टोपबहादुर अवसरवादी भएको अग्नि सापकोटाको दाबी : माओवादी भनेपछि पहिले सम्मान हुन्थ्यो, अहिले थु थु गर्छन्



प्रकाश भण्डारी

टोपबहादुर अवसरवादी भएको अग्नि सापकोटाको दाबी : माओवादी भनेपछि पहिले सम्मान हुन्थ्यो, अहिले थु थु गर्छन्
फाइल फोटो

काठमाडौं : पूर्व सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझी पक्राउ परेपछि माओवादीबारे टिप्पणी गरेका छन्। सापकोटाले टोपबहादुर अवसरवादी मान्छे भएको उल्लेख गर्दै सधैं नयाँ दिल्ली बस्ने मान्छे भएकोसमेत आरोप लगाए। विद्यार्थी दिवस र अबको बाटो कार्यक्रममा नाचघरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सापकोटाले भने, 'टोपबहादुर कस्तो अवसरवादी मान्छे हो । सधै दिल्लीमा बस्ने।'

माओवादीका उपाध्यक्षसमेत रहेका सापकोटाले माओवादीलाई थु थु गर्ने समय आएकोसमेत बताए। 'पहिले माओवादी नेता भनेपछि सम्मान हुन्थ्यो, अहिले थु थु हुन्छ,' सापकोटाले भने। कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीकोसमेत आलोचना गरे। एकै कार्यकालमा दुईपटक संसद विघटन गरेर ओलीले मुर्खता गरेको उनको आरोप थियो। 'एकै कालमा मूर्खहरुले दुईपटक संसद विघटन गरे,' उनले भने।

तत्कालीन एमालेका १४ जना सांसदको कारवाहीको सूचना नटास्दा ओलीले लखेटेको पनि सापकोटाले आरोप लगाए। 'म चक्रब्युबाट आएका छु । मलाइ सांघातिक हमला भयो माधव नेपालसहित १४ जनाको सुचना नटाँसेपछि,' सापकोटाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell