PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

नक्कली शरणार्थी प्रकरणबारे संसदमा सत्तापक्ष र प्रतिपक्षको 'ब्याटल' : प्रधानमन्त्रीलाई पुरै फिल्म देखाउन चुनौति 



प्रकाश भण्डारी

नक्कली शरणार्थी प्रकरणबारे संसदमा सत्तापक्ष र प्रतिपक्षको 'ब्याटल' : प्रधानमन्त्रीलाई पुरै फिल्म देखाउन चुनौति 

काठमाडौं : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुरै फिल्म देखाउन माग गरेको छ। आइतवारको संसद बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई पुरै फिल्म देखाउन र्‍याखर्‍याखती पारेका हुन्। 'छानबिनको दायरामा ल्याउनु पर्छ। हामी फिल्म हेर्न टिकट काटेर बसेका छौ। प्रमले ट्रेलर मात्र हो भन्नू भएको छ,' एमाले प्रमुख सचेतक पदम गिरीले भने।

प्रधानमन्त्री प्रचण्डले शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि नक्कली शरणार्थी प्रकरणको ट्रेलरमात्र देखाएको र पुरै फिल्म देखिने बताएका थिए।

एमाले सांसद सूर्य थापाले क्यान्टोनमन्टको भ्रष्टाचारको फाइल खोल्न माग गरे। 'मलाई टिकट काटेर नै पठाएको हो प्युठानी जनताले। क्यान्टोन्मेन्ट भ्रष्टाचारको फाइल खोलियोस्,' उनले भने।

एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी पक्राउ पूर्जीपछि फरार छन्। एमाले सचेतक महेश बर्तौलाले सत्तारुढ दलले सत्ता पक्षलाई मात्र जोगाउन खोजेको दाबी गरे। 'प्रमले नै छोडदिन भन्नू भएको छ। यो कानुनले जान्ने कुरा हो। सत्ता पछेलाइ छाड्ने अरुलाइ मात्र समात्ने हो कि?' सचेतक बर्तौलाले प्रश्न गरे।

यता सत्तारुढ दलका सांसद माधव सापकोटा सुवोधले एमाले सांसदहरुलाई प्रधानमन्त्रीलाई खिसीट्याउरी नगर्न आग्रह गरे। 'छापामार शैलीमा सदन कब्जा गर्न नखोज्नुस्। खिसीट्याउरी नगर्नुस्,' सापकोटाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell