PahiloPost

Jan 23, 2020 | ९ माघ २०७६

शीर्ष स्थानको होडमा रहेको आर्मीले आज संकटासँग खेल्ने, कप्तान खवासले खेल्नेमा ‘डाउट’



पहिलोपोस्ट

शीर्ष स्थानको होडमा रहेको आर्मीले आज संकटासँग खेल्ने, कप्तान खवासले खेल्नेमा ‘डाउट’
फाइल फोटो: एन्फा

 काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ। आज हुने खेलमा अंकतालिकाको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले आठौं स्थानमा रहेको संकटा क्लबसँग खेल्नेछ।

त्रिभुवन आर्मी क्लब पाँच खेल खेलेर ४ जित र १ हार ब्यहोर्दै १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। आजको खेल जितेको खण्डमा आर्मीलाई तालिकाको शीर्ष स्थानमा उक्लने अवसर हुनेछ। अहिले शीर्षस्थानमा रहेको मछिन्द्रको १३ अंक छ।

 यता संकटा क्लब पाँच खेल खेलेर २ जित, २ हार र १ बराबरी खेल्दै तालिकाको आठौं स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा संकटा क्लब तालिकाको चौथो स्थानसम्म उक्लन सक्छ।

आर्मीका कप्तान भरत खवास यसअघिको सरस्वती युथ क्लबसँगको खेलमा खेल १३ मिनेटमै चोटका कारण बाहिरिएका थिए। आजको खेलमा पनि उनले खेल्ने सम्भावना कम रहेको छ।

‘आजको खेल खेल्नेमा डाउट नै छ। किनभने मसलमा थोरै समस्या छ। वार्मअप गरेर हेर्छु सकिँन्छ कि सकिँदैन। खेल्ने नखेल्ने त्यसपछि नै टुङ्गो लाग्छ।’ खवासले पहिलोपोस्टसँग भने, ‘तर, म नखेल्दा पनि टिममा ठूलै प्रभाव पर्ने भन्ने चाहीँ हुँदैन। अरु खेलाडी पनि राम्रो छन् हामीसँग। यति हो की सँधै खेलिरहेको खेलाडी नखेल्दा तालमेल नमिल्ने हो की भन्ने चाहीँ हुनसक्छ।’

उनले यसअघिको सरस्वती क्लबसँगको खेलमा आर्मीले क्षमता अनुरुप खेल्न नसकेको स्वीकार्दै लिगमा यस्ता उतारचडावहरुलाई सामान्यरुपमा लिनपर्ने बताए।

‘अस्तिको खेलमा गोल डिस्टेन्स बढाउनु पर्ने थियो। लिगमा कहिलेकाही उतारचडाव त भइ नै रहेको हुन्छ। अस्ति मैदानको अवस्था पनि प्रतिकुल भएकाले अलि गाह्रो भयो।’ उनले भने।



शीर्ष स्थानको होडमा रहेको आर्मीले आज संकटासँग खेल्ने, कप्तान खवासले खेल्नेमा ‘डाउट’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell