PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवक समातिए, एक वर्षअघि के भएको थियो घटना?



पहिलोपोस्ट

सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवक समातिए, एक वर्षअघि के भएको थियो घटना?

काठमाडौं : एक वर्षअघि सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी  अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट एक युवकलाई नियन्त्रणमा लिएको छ।

समातिएका युवा एक वर्षअघि सार्वजनिक बसमा अश्लील क्रियाकलपामा संलग्न भएको प्रहरीको दावी छ। युवकले भने अभियोग स्वीकार नगरेको प्रहरी स्रोतले बताएको छ। 

ती युवकले बसभित्र नै हस्तमैथुन गरेर युवतीको कपालमा फ्याँलेको भिडिओ भाइरल भएको थियो। घटनापछि गत माघमा विभिन्न संघसस्थामा आवद्ध महिलाहरुले लिखित उजुरी दिएका थिए।

एक वर्षसम्म पनि प्रहरीले कुनै क्लू नपाएको कारण युवकलाई नियन्त्रणमा लिन सकेको थिएन। महाशाखाले युट्युव, फेसबुकमा कसले, कहिले भिडिओ अपलोड गरेको भन्ने खोजी सुरु गरेको थियो।

‘एक वर्षअघि बसमा हस्तमैथुन गर्ने युवक नै हो। हामीले विभिन्न कोणबाट अनुसन्‍धान गरेर ल्याएका हौँ,’महाशाखाका एसएसपी सहकुल थापाले भने।

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ। कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

के छ भिडिओमा?

भिडिओ दुई मिनेट २० सेकेन्डको छ। अश्लील भिडिओ राख्ने वेबसाइटमा राखिएको भिडिओ पछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

भिडिओमा ‘यो गाडी उताबाट जान्छ नि’, ‘हिँड्नै मन लागेको छैन। अघि त डल्लु पुलबाट गाडी चढेको‘, ‘यो गाडी टेकु जान्छ है?’ भनेको आवाज सुनिन्छ।

गाडी चलेको हुँदैन। भिडियोमा केटाको अनुहार देखिएको हुँदैन तर ज्याकेट र खैरो ट्राउजरमा चप्पल लगाएको देखिन्छ। गाडीभित्र बसेका ती युवक अश्लील हर्कत गर्दै हस्तमैथुन गरी वीर्यपतन गरिरहेको देखिन्छ।

दोस्रो र तेस्रो भिडिओमा युवकको हर्कत त्योभन्दा बढी देखिन्छ। एउटा भिडियोमा उनले आफूभन्दा अगाडिको सिटमा बसेकी युवतीको टाउकोतिर लक्षित गरी वीर्य झार्छन्। अर्को भिडिओमा त झन् युवतीको कपालमा नै पर्ने गरी वीर्य फालेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell