PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



रासस

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

साँखु : शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ।

काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा ६४ प ६८०९ नम्बरको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो।

उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकै घाइते सागर श्रेष्ठको नारायणटारस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए।

प्रहरीका अनुसार उक्त मोटरसाइकल नेपाली नम्बरप्लेट र भारतीय नम्बरप्लेट रहेको दुई स्किारपियोमा ठोक्किएर दुर्घटना भएको हो। चाबहिलबाट साँखु जाँदै गरेको बा १६ च ८७७० नम्बरको स्कारपियो सडकको बीचमा रोकिराखेको र उक्त स्किारपियोले ढोका खोल्दा मोटरसाइकल ढोकामा ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बीआर ०६ पिडी ४०५९ नम्बरको भारतीय स्कारपियोले थप ठक्कर दिएको हुनसक्ने प्रहरीको भनाइ छ। प्रहरीले दुवै स्किारपियो चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell