PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ओस्कर नोमिनेसन : ‘बेस्ट पिक्चर’ र ‘बेस्ट एक्टर’ सहित ११ विधामा ‘जोकर’



पहिलोपोस्ट

ओस्कर नोमिनेसन : ‘बेस्ट पिक्चर’ र ‘बेस्ट एक्टर’ सहित ११ विधामा ‘जोकर’
Photo Composite: PR/AP

‘द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्स’ले यो वर्षको ओस्कर (एकेडेमी) अवार्ड्सको मनोनयन सूची सार्वजनिक गरेको छ

९२ औँ संस्करणको ओस्करमा फिल्म ‘जोकर’ सबैभन्दा धेरै ११ विधामा मनोनयन भएको छ। ‘जोकर’ ‘बेस्ट पिक्चर’, ‘बेस्ट डिरेक्टर’ तथा अभिनेता जोक्विन फिनिक्स ‘बेस्ट एक्टर’को लागि मनोनयनमा परेका हुन्।

त्यस्तै ‘पेन एण्ड ग्लोरी’बाट एन्टोनियो ब्यान्डेरास, ‘वन्स अपअन अ टाइम इन हलिउड’बाट लियोनार्दो डिकाप्रियो, ‘म्यारिज स्टोरी’बाट एडम ड्राइभर तथा ‘द टू पोप्स’बाट जोनाथन प्राइस ‘बेस्ट एक्टर’का लागि छानिएका छन्।

यता सिन्थिया एरिभो बायोपिक फिल्म ‘ह्यारियट’ बाट ‘बेस्ट एक्ट्रेस’मा नोमिनेसनमा परेकी छिन्। त्यस्तै सोही विधामा ‘म्यारिज स्टोरी’का लागि स्कारलेट जोहानसन, ‘लिटल वमेन’को लागि सोर्सा रोनन, ‘बम्बशेल’का लागि चार्लिज थेरोन र ‘जुडी’का लागि रिनी जेलवेगर मनोनयनमा परेका छन्।

यसैगरी ‘बेस्ट पिक्चर’मा ‘फोर्ड भी फरारी’, ‘द आइरिसम्यान’, ‘जोजो र्‍याबिट’, ‘जोकर’, ‘लिटल वमेन’, ‘म्यारिज स्टोरी’,  ‘पारासाइट’, ‘१९१७’ र ‘वन्स अपअन अ टाइम इन हलिउड’ छानिएका छन्।

साउथ कोरियन ‘ब्याक कमेडी’ फिल्म ‘पारासाइट’ले ‘बेस्ट डिरेक्टर’ र ‘बेस्ट पिक्चर’ सहित ६ वटा विधामा प्रतिस्पर्धा गर्दैछ। त्यस्तै ‘लिटल वमेन’ पनि ६ विधामा मनोनयनमा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell