PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

होला त माग पूरा? मगर संघले भन्यो : माघे संक्रान्तिमा सार्वजनिक विदा देउ



पहिलोपोस्ट

होला त माग पूरा? मगर संघले भन्यो : माघे संक्रान्तिमा सार्वजनिक विदा देउ

काठमाडौं : नेपाल मगर संघले माघे संक्रान्तिमा सार्वजनिक विदा दिन माग गरेको छ। माघे संक्रान्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले सार्वजनिक विदाको माग गरेको हो।

माघ १ र २ गते काठमाडौंको टुँडिखेलमा ‘माघे सकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’समेत आयोजना गर्दैछ संघले।

पत्रकार भेटघाटमा मगर संघका अध्यक्ष नवीन रोकामगरले माघे संक्रान्तिमा दिँदै आएको सार्वजनिक विदा कटौती गरेर सरकारले जनजाति माथि अन्याय गरेको बताए। उनले माघे संक्रान्तिको अवसरमा चार प्रदेशका सरकारले सार्वजनिक विदा दिएको बताउँदै संघीय सरकारले नै विदा दिनुपर्ने दावी गरे।

'हामीले आज बिहान गृह मन्त्रीलाई भेटेर माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिन आग्रह गरेका छौँ, उहाँले मन्त्रीपरिषद्मा प्रस्ताव लैजान्छु भन्नुभएको छ,’संघका अध्यक्ष रोकाले भने, ‘माघे संक्रान्ति, ल्होछार, उधौली उभौली जस्ता चाडहरुमा दिइँदै आएको सार्वजनिक विदा पुनर्स्थापित नगरिए हामी बाध्य भएर आन्दोलनमा जानेछौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell