PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो बिहीवारदेखि



पहिलोपोस्ट

एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो बिहीवारदेखि

काठमाडौं:  एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको आयोजनामा दोश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिता माघ २ देखि ४ गतेसम्म सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको तेक्वान्दो एकेडेमी हलमा हुने प्रतियोगिता संयोजक सन्जिव फुयालले जानकारी गराए। ग्योरोगी र पुम्सेमा गरी जम्मा ११० स्वर्ण, ११० रजत र २२० कांस्यका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १ हजार २ सय खेलाडीको सहभागिता रहने छ।

 प्रतियोगितामा टिममा पहिलो हुनेले १ लाख, दोश्रोले ५० हजार र तेश्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै सातै प्रदेशबाट सहभागी हुने उत्कृष्ट र विपन्न डोजाङहरुलाई १ लाख ५० हजार बराबरको खेल सामाग्री प्रदान गरिने छ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोका संस्थापक अध्यक्ष कुमार कार्कीले छरिएर रहेका खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell