PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

चिट्ठा परेको भनेर ठगी गर्ने पक्राउ



पहिलोपोस्ट

चिट्ठा परेको भनेर ठगी गर्ने पक्राउ

धनगढी : नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर दश लाख चार हजार रुपैयाँ ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिकाका आइएमइ सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रङगेली नगरपालिकाका भवेशकुमार मण्डल, र अब्दुल सलाम, भारतको बिहार प्रदेश अररिया जिल्लाका शतिष मण्डल र मोइसु रहेका छन्।

पीडित धनकला धामीले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा यी व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। सो समूहले धामीलाई विभिन्न मितिमा दश लाख चार हजार ठगी गरेको जनाइएको छ।

यसैबीच भारतको दिल्लीस्थित देवनगरका विश्वेश्वर अग्रवालको कार्यालयबाट नगद तथा गरगहना चोरी गर्नमा संलग्न भनिएका व्यक्तिलाई कैलालीको गौरीगंगा नगरपालिका क्षेत्रबाट तीन दिनअघि भारु ६५ लाखसहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बाजुरा बुढीगंगाका जहरसिंह थापा, मनाकुमारी खड्का र चोरी भएको रकम लुकाउने कैलाली गौरीगंगा नगरपालिकाकी बिन्दाकुमारी थापा रावल रहेका छन्।

भारतीय राजदूतावासको प्राप्त पत्र अनुसार खटिएको कैलाली प्रहरीको विशेष टोलीले गरेको अनुसन्धानका क्रममा गौरीगंगा नगरपालिकाकी निज बिन्दाको घरभित्र खाल्टो मुनी लुकाइ राखिएको अवस्थामा उक्त भारु ६५ लाख फेला परेको प्रहरी प्रवक्ता बस्नेतले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell