PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

वीरगंजमा मकर संक्रान्तिको चहलपहल

वीरगंजमा मकर संक्रान्तिको चहलपहल

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : मकर संक्रान्तिको अवसरमा मुलुकको आर्थिक नगरी वीरगंज बजारमा निकै चहलपहल छ। माघ १ गते मनाइने मकर संक्रान्तिको अवसर पारी दुई दिन देखि वीरगंजको चहलपहल शुरु भएको किराना व्यवसायीहरुले बताएका छन्।

पर्सा थोक तथा खुद्रा जनरल किराना व्यवसायी संघ पर्साका अध्यक्ष शंकर कुशवाहाका अनुसार दुई दिनमा ६० लाख भन्दा बढिको कारोबार भएको छ। मकर संक्रान्तिको अवसमा विशेष गरी चामल, चिउरा, भुजा, तील, चिनी, सखर(मिठा), तेल, आलु, अतार, कोन, सितलकेशउर, अदुवालगयात समानको बढि बिक्री भएको उनले बताए।

वीरगंजको रानीघाट, मुर्ली, मनिबजार, अदर्शनगर, माईस्थानलगायत क्षेत्रको बजारमा विशेष चहलपहल रहेको उनले जानकारी गराए। मकर संक्रान्तिलाई मधेसमा मधेसी समुदायले चिखडी पर्ब र चौधरी समुदायले माघी पर्वको रुपमा मनाउने भएकोले यसको यहाँ विशेष महत्व छ। खिचडी मान्नेहरु तील हालेको खिचडी आफनो कुलदेवतालाई समर्पित गरी रोगदोषबाट मुक्ति होस् भनी भगवान सूर्यको उपासना पनि गर्छन्।

सर्वसाधारणका अनुसार पोहोर भन्दा यस वर्षको बजारमा २० प्रतिशत भन्दा बढिको महंगी छ। सरोकारवाला निकायले पर्याप्त अनुगमन नगर्ने गरेकोले महंगी बढेको वीरगंज-२२ जगरनाथपुरका लालबाबु राउत कुर्मीले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell