PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

भन्सार छलेर ल्याइएका ६० लाख बराबरको ६१ बोरा कपडा बरामद



रासस

काठमाडौं : नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना ५ ख ९६०५ नम्बरको कन्टेनर जाँचका क्रममा ६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा आज बिहान नियन्त्रणमा लिएको हो।

मकवानपुरका ४२ वर्षका आनन्द लामाले भन्सार छलेर ल्याएको कपडा बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

‘कन्टेनर गाडीमा मकैको बोराभित्र लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएका हौँ’, उनले भने।

उक्त सामानको मूल्य ६० लाख रुपैयाँ बराबर रहेको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell