
काठमाडौं : एभरेष्ट प्रिमियर लिगको आउँदो सिजन सन्दीप लामिछानेले काठमाडौं किङ्ग्सबाट खेल्ने भएका छन्।
एभरेष्ट प्रिमियर लिगको अफिसियल साइटले ट्वीट गर्दै यसको जानकारी दिएको हो। अहिले सन्दीप अस्ट्रेलियाको फ्रेन्चाइज बिग ब्यास लिग खेलिरहेका छन्। इपिएलले ट्वीटमार्फत सन्दीप लामिछानेलाई बोलाउँदै विनोद दासले टिमलाई ब्यालेन्स गरिरहेको बताएको छ।
JUST IN: @IamSandeep25 has confirmed to play the coming season of EPL. @KathmanduKings has bought this young global superstar and with the little prince of Nepali cricket in their lineup, @binodsum seems to have acquired the right balance and put his team as strong contenders!
— EPL - Everest Premier League (@eplt20official) January 15, 2020
यसलाई रिट्वीट गर्दै विनोद दासले पनि सन्दीपलाई 'वेलकम' भनेका छन्। केही दिन अघिमात्र काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान समेत रहेका दिपेन्द्रसिंह ऐरीलाई भित्र्याएको थियो। त्यस्तै सुवास खकुरेल, आकाश चन्दलगायतलाई भित्र्याएको थियो।