
मुम्बई : बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला फिल्म ‘गंगूबाई काठियावाडी’को छायांकनमा व्यस्त छिन्। हालै फिल्मको पहिलो पोस्टर बाहिरिएको छ। उक्त पोष्टरमा आलिया ‘माफिया क्विन’को रुपमा प्रस्तुत भएकी छिन्।
उक्त पोस्टर आलियाले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन्।
आलिया भट्टको मुख्य भूमिका रहेको यस फिल्मलाई निर्देशक सञ्जय लीला भन्सालीले निर्देशन गरेका हुन्। फिल्म ‘इन्शा अल्लाह’ निर्माण नहुने नभएपछि भन्सालीले ‘गंगूबाई काठियावाडी’ निर्देशन गरेका हुन्।
फिल्मको कथा हुसैन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित छ। यस फिल्ममा अभिनेता अजय देवगन अतिथिको भूमिकामा देखिनेछन्। ‘गंगूबाई काठियावाडी’ २०२० सेप्टेम्बर ११ मा रिलिज हुनेछ।