PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

राजधानीमा माघीको हेर्नुस् यस्तो रौनक

राजधानीमा माघीको हेर्नुस् यस्तो रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


थारू समुदायमा यतिबेला माघीपर्वको उल्लास छाएको छ। थारू समुदायको बाहुल्य रहेको तराईका जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु गरी माघीपर्व मनाइदै छ। यस्तोमा काठमाडौँमा पनि माघीपर्वको रौनक देखियो। यस अवसरमा वसन्तपुरदेखि रत्नपार्क हुँदै टुँडिखेलसम्म साँस्कृतिक र्‍याली निकालिएको थियो।

माघीपर्वको अवसरमा केही दिनदेखि निरन्तर माघी मिलन कार्यक्रम भइरहेको छ। माघी थारू समुदायको परम्परागत पर्व हो। 

माघ १ गतेदेखि शुरु हुने सप्ताहव्यापी यो पर्वमा थारू समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन्।

माघी थारू समुदायले नयाँ वर्षका रूपमा समेत मनाउने गरेका छन्। थारू समुदायले माघीपर्वकै अवसरमा बडघर र भलमन्सा छनोट गर्ने, छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रूपमा लिने प्रचलन रहेको छ।

माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारू भाषामा ‘जिता मरना’ भन्ने प्रचलन छ। माघीको अघिल्लो दिन राति थारू समुदाय मासु, जाँड र ढिकरी खाएर रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछन्।



ट्रेन्डिङ पोस्ट

Ncell