PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कपिल शर्माले सार्वजनिक गरे छोरीको पहिलो तस्विर



पहिलोपोस्ट

कपिल शर्माले सार्वजनिक गरे छोरीको पहिलो तस्विर

भारतीय कमेडियन कपिल शर्मा बुबा बनेको एक महिना पाँच दिन भयो। गत डिसेम्बर १० का दिन शर्माकी श्रीमती गिन्नी चतर्थले छोरीलाई जन्म दिएकी थिइन्। तर, कपिलले छोरीको तस्विर भने कतै सार्वजनिक गरेका थिएनन्।

बुधबार छोरी अनेरा शर्माको फोटो सार्वजनिक गरे। ट्वीटरमा छोरी बोकेको फोटो राख्दै लेखे- 'हाम्री मुटुको टुक्रासँग भेट्नुस्।' उनले सोही ट्वीटमार्फत् छोरीको नाम पनि सार्वजनिक गरेका हुन्।

कपिलले बाबु हुनुको खुशी इन्डियन एक्सप्रेससँग साटेका छन्। भनेका छन्- 'राजकुमारी हाम्रो जीवनमा आएपछि मैले धेरै खुशी र भाग्यमानी महसुस गरिरहेको छु।' उनले आफ्नी श्रीमती गिन्नी र छोरी दुबै स्वस्थ रहेको जानकारी समेत गराएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell