PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

बिग ब्यासमा सन्दीपको कसिलो बलिङ, ७ रन दिएर २ विकेट



पहिलोपोस्ट

बिग ब्यासमा सन्दीपको कसिलो बलिङ, ७ रन दिएर २ विकेट

अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत आज भएको खेलमा सन्दीप लामिछानेले कसिलो बलिङ गरेका छन्। उनले ३ ओभर बलिङ गर्दै ७ रन दिएर २ विकेट लिए।

टस जितेर ब्याटिङमा उत्रिएको पर्थ स्करचर्ससले १३ दशमलब ५ ओभरमा अलआउट हुँदै ८६ रन बनाएको थियो। पर्थलाई सस्तैमा समेट्न ज्याक्सन कोलेमनले ३ विकेट लिँदा सन्दीप लामिछानेले २ विकेट लिए। उनले  क्रिस जोर्डन र हेइ रिचर्डसनको विकेट लिएका थिए। लामिछानले १२ औँ ओभरको तेस्रो र चौथो बलमा विकेट लिएका थिए।

८७ रनको सानो लक्ष्य पछ्याएको मेलबर्न ब्याटिङमा उत्रिएको छ।

बिबिएलको अंकतालिकामा १६ अंकसहित मेलबर्न शीर्षस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell