PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

माघे सकरातीको रौनक : टुँडिखेलमा घन्कियो कौरा, हानियो छेलो

माघे सकरातीको रौनक : टुँडिखेलमा घन्कियो कौरा, हानियो छेलो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मगर समुदायले आज देशभर माघे सकराती (संक्रान्ति) मनाउँदैछन्। राजधानीमा रहेका मगरहरु साकराती मनाउन टुँडिखेलमा जम्मा भएका छन्। बिहान भृकूटीमण्डपबाट र्‍याली शुरु गरी टुँडिखेलमा पुगेको मगर समुदाय अहिले टुँडिखेलमा रमझममा छ।

र्‍यालीमा कौरा गीतमा नृत्य, मारुनी नृत्य नाचिएको थियो भने धनुषवाण खेल्ने, छेलो हान्ने टोली सहभागी थिए। टुँडिखेलमा मगर समुदायमा प्रचलित खानाको स्टल बनाइएको छ। अहिले कलाकारको प्रस्तुतिसहित खानपानमा रमेका छन् मगर समुदाय।  

सकरातीको औपचारिक कार्यक्रमलाई उपराष्ट्रपति नन्दकिशोर पून पासाङ र खानेपानीमन्त्री बिना मगरले सम्बोधन गरेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell