PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विस्फोट



पहिलोपोस्ट

बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विस्फोट

काठमाडौं : काठमाडौंको नागार्जुनमा विस्फोट भएको छ। नागार्जुन नर्सरी चोक नजिकै रहेको शोभाकान्त ढकालको घरमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

'विस्फोटको कारण घरमा सामान्य क्षति पुगेको छ। घरको गेटमा विस्फोट भएको जानकारी आएको छ। घरमा सामान्य क्षति भएको देखिन्छ। थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

ढकाल ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन्। विस्फोट कसले र किन गराएको खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell