PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

वीरगंजमा धुमधामले मनाइयो माघी महोत्सव



राधेश्याम पटेल

वीरगंजमा धुमधामले मनाइयो माघी महोत्सव

वीरगंज : वीरगंजमा माघ १ गते मनाइने खिचडी आर्थत माघी महोत्सव धुमधामले मनाइएको छ। पर्साका थारु समुदायको संगठन थारु (खिचडी) माघी मूल समारोह समितिलले विविध कार्यक्रम आयोजना गरी महोत्सव मनाएको हो। वीरगंज आदर्शनगरमा वृहत समारोह आयोजना गरी थारु र गैर थारु समुदायको जमघटमा यो दिवस मनाइएको हो।

विहान साढे ११ बजे घण्टाघरबाट झाँकीसहित थारु भेषभुषामा सजिएका सहभागीहरुले प्रभात फेरी लगाउँदै आदर्शनगर पुगेका थिए। जसमा बालबालिका, युवा, महिला, पुरुष तथा वृद्धवृद्धाहरुको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा वीरगंजका विभिन्न विद्यालयका छात्रछात्राहरुले साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने थारु महिलाहरुले घाटो नृत्य देखाएका थिए। वक्ताहरुले थारु समुदायको माघी महोत्सवले वीरगंजमा सबै समुदायको सहभागितामा मनाइने मेला जस्तै अनुभूति भएको र आगामी दिनमा सबै थारु एक जुट भएर समाज विकास लाग्नु पर्नेमा जोड दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell