PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

एम्बापे चम्किँदा मोनाकोमाथि पिएसजीको शानदार जित



पहिलोपोस्ट

एम्बापे चम्किँदा मोनाकोमाथि पिएसजीको शानदार जित
तस्बिर: पिएसजी/ट्विटर

लिग वान अन्तर्गत गएराति भएको खेलमा पिएसजीले मोनाकोलाई हराएको छ। मोनाको घरेलु मैदानमा भएको खेलमा उसले पिएसजीसँग ४-१ ले पराजित भएको हो।

पिएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गर्दा नेयमार र सारावियाले १/१ गोल गरे।

खेलको २४औं मिनेटमै पिएसजीले अग्रता बनाएको थियो। डि मारियाको पासमा एम्वाप्पेले गोल गर्दै अग्रता दिलाए। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गरेर टिमलाई २ गोलको अग्रता दिलाए। नेयमारले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।

दोस्रो हाफमा भेरातीले डि बक्स बाहिरबाट दिएको लङ पासलाई सरावियाले गोलमा परिणत गरे। उनले खेलको ७२ औं मिनेटमा गोल गरेका थिए। उता ८७ औं मिनेटमा मोनाकोका लागि बकायोकोले सान्त्वना गोल गर्यो।

त्यस्तै इन्ज्युरी समयमा एम्वापेले थप एक गोल गर्दै पिएसजीको ४-१ को जित सुनिश्चित गरे।

लिगमा २० औं चरणका सबै खेल सकिँदा पीएसजी ४९ अंकका साथ शीर्ष स्थानमा छ भने मानाको २९ अंकका साथ नवौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell