PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

धनगढीमा युवा समूहबीच झडप : एक गम्भीर घाइते, अस्पतालमा पनि तोडफोड



पहिलोपोस्ट

धनगढीमा युवा समूहबीच झडप : एक गम्भीर घाइते, अस्पतालमा पनि तोडफोड

कैलाली : धनगढीमा बुधबार राति युवा समूहबीच झडप भएको छ। राति साढे १० बजे धनगढी उपमहानगरपालिका १ अस्पताल लाइनको मुख्य बजार क्षेत्रमै युवाहरूको समूहबीच झडप भएको हो।

प्रहरीका अनुसार युवाहरूको एक समूहले धनगढी १ अदालत रोडका २३ वर्षीय समीर तियालीमाथि सांघातिक आक्रमण गरेपछि झडप भएको हो।

आक्रमणबाट तियाली घाइते भएका छन्।  उनलाई उपचारका लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए। उनीमाथि आक्रमण गर्ने दुई जनालाई राति नै पक्राउ गरिएको उनले जानकारी दिए।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ५ बस्ने २२ वर्षीय चन्द्र भाट र २१ वर्षीय शुभम शाह रहेको बस्नेतले बताए।

झडपका क्रममा धनगढीको मुख्य सडकमै रहेको कैलाली अस्पतालमा पनि तोडफोड भएको छ। अस्पतालका सञ्चालक जनकराज जोशीले झडपकै क्रममा ढुङगामुढा गरेपछि अस्पतालमा पनि क्षति भएको बताए।

घटनामा संलग्न थप दुई जनाको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell