
भरतपुर : ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ। हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका-१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो।
ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। मृत्यकको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ। ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस