PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

भन्सार छलेर ल्याइएको ३५ लाख मूल्य बराबरका मोबाइल बरामद 



रासस

काठमाडौं : नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १५३४ र नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७३९५ नम्बरको बस जाँचका क्रममा ती मोबाइल बुधवार बरामद गरेको हो।

प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा जाँचका क्रममा ३५ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको जानकारी दिए।

‘चालक बस्ने सिट पछाडि सेतो टेपले बेरेर ल्याएको अवस्थामा बरामद गरेका हौँ,’ उनले भने।

ती फोनका सेटलाई अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell